मतदाता सूचीबाट नाम हटाइएकोमा कुचबिहारमा पथावरोध
मतदाता सूचीबाट नाम हटाइएकोमा कुचबिहारमा पथावरोध


कुचबिहार, 30 मार्च (हि. स.)। जिल्लामा मतदाता सूचीबाट नाम हटाइएको विरोधमा घुघुमारी चौपती क्षेत्रमा सोमवार स्थानीय मानिसहरूले पथावरोध गरी प्रदर्शन गरे। यसले गर्दा क्षेत्रको स्थिति तनाउपूर्ण भयो।

प्राप्त जानकारी अनुसार घुघुमारी ग्राम पञ्चायतका सैकड़ौं ग्रामीणहरूले सड़कमा ठूला-ठूला मु़ड़ाहरू राखेर कुचबिहार-माखाभांगा रोडलाई जाम गरिदिए। प्रदर्शनकारीहरूको माग छ, जबसम्म उनीहरूको नाम मतदाता सूचीमा पुनः जोड़िँदैन तबसम्म आन्दोलन जारी रहनेछ। प्रदर्शनकारीहरूले मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग समेत गरे।

यस अवरोधको कारण यात्रीहरूलाई घण्टौंसम्म विभिन्न समस्याको सामना गर्नु पऱ्यो। सड़कका दुवैतर्फ सैकड़ौं वाहनहरू फसेका थिए। यसै मार्ग भएर तृणमूल नेता औ अभिनेता देवको चाँदमारी जाने कार्यक्रम पनिछ जसबाट स्थिति झन् संवेदनशील भएको छ।

पथावरोधको सूचना पाएर कुचबिहार कोतवाली थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिसले प्रदर्शनकारीहरूसित बातचित गरेपछि रोडलाई जाममुक्त बनाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande