
कटिहार, 30 मार्च (हि.स.)। बिहारको कटिहार जिल्लाको मनिहारी थाना पुलिसले जमीन विवादमा पीड़ितमाथि भएको घातक आक्रमणको सम्बन्धमा 25 हजार इनामी अपराधी जग्गा यादवलाई पक्राउ गरेको छ। कटिहारका पुलिस अधीक्षकको निर्देशमा गठित एसआईटी टोलीले झारखण्डको साहिबगंजबाट जग्गा यादवलाई पक्राउ गरेको छ।
पुलिस अधीक्षकले बताए, पीड़ित कुन्दन कुमारले जग्गा यादव र उसका सहयोगीहरूले जमीन विवादमा मार्ने उद्देश्यले उनीमाथि आक्रमण गरेको मणिहारी थानामा दर्ता गरेको उजुरीमा बताएको छ। आक्रमणमा कुन्दन कुमार घाइते भएका छन्।
पुलिस अधीक्षकले जग्गा यादवको आपराधिक इतिहास रहेको र उ पहिले नै हत्या र आर्म्स एक्ट लगायत धेरै आरोपहरूको सामना गरिरहेको बताए।
पुलिसले जग्गा यादवलाई पक्राउ गर्नेलाई 25 हजार रूपियाँ पुरस्कार घोषणा गरिएको बताएको छ। पक्रा परेपछि पुलिसले जग्गा यादवलाई न्यायिक हिरासतमा राखेको छ। थप अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी