पंखा फ्याक्ट्रीमा आगलागी, कोकोहोलो मचियो
पंखा फ्याक्ट्रीमा आगलागी, कोकोहोलो मचियो


हावड़ा, 30 मार्च (हि.स.)। जिल्लाको डोमकल स्थित पंखा बनाउने फ्याक्ट्रीमा सोमवार बिहान आगो लाग्नाले कोकोहोलो मचियो। हेर्दा-हेर्दै फ्याक्ट्रीभित्रका मशिनहरू र काँचो माल जलेर खरानीमा परिणत भयो। सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो।

प्राप्त जानकारी अनुसार सोमवार बिहान लगभग 6 बजी अचानक पंखाको फ्याक्ट्रीमा आगो लाग्यो। फ्याक्ट्रीभित्रका मशिनहरू र काँचो मा जल्न थाल्यो। हेर्दा-हेर्दै आकाश कालो धुँवाले ढाक्यो। श्रमिकहरूले आगोलाई निभाउने प्रयास गरे, तर सफल भएनन्। त्यसपछि दमकल विभागलाई सूचना दिइयो। सूचना पाएर दमकलका लगभग दश वटा वाहनलाई घटनास्थलमा पठाइयो। द्रूत गतिमा आगोलाई नियन्त्रण गर्ने अभियान शुरू गरियो। यो समाचार लेखुञ्जेलसम्ममा आगोलाई नियन्त्रण गरिसकिएको थियो। तर पूर्ण रूपमा होइन। दमकल कर्मीहरूले भने, आगोलाई पूर्ण रूपमा नियन्त्रण गर्नको लागि अझै केही समय लाग्छ।

आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पत्तो लगाउन सम्बन्धित विभाग जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande