
नयाँ दिल्ली, 30 मार्च (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धूले सोमवार भलस्वा ल्याण्डफिल साइटको दौड़ाह गरी नगरनिगमद्वारा संचालित बायोरेमेडिएशन कार्यको प्रगतिको समीक्षा गरे। यस अवधि उनले अधिकारीहरूलाई फोहोर प्रबन्धनको प्रक्रियालाई तीव्रता दिने तथा आधुनिक तकनिकको उपयोगमाथि बल दिए।
उपराज्यपाल तरनजित सिंह सन्धूले साइटमा उपस्थित श्रमिकहरूसित बातचित गरी उनीहरूको समस्यालाई बुझे अनि निर्देश दिए, ठेकादारहरूद्वारा सबै आवश्यक स्वास्थ्य एवं सुरक्षा मानदण्डको कड़ाई पूर्वक पालनलाई सुनिश्चित गरियोस्।
निरीक्षण अवधि उपराज्यपालले सुझाउ दिए, श्रेष्ण परिणामहरूको लागि अन्तरराष्ट्रिय मानदण्डहरूलाई अप्नाइयोस्। विशेषज्ञहरूको सल्लाहसँगसँगै वैश्विक स्तरमा विकसित नयाँ तकनिकहरूलाई प्रयोग गरियोस्। उनले दिल्ली नगरनिगमलाई निर्देश दिए, पुरानो फोहोरहरूको प्रबन्धनमा मात्र ध्यान नदिएर यी स्थलहरूमा लगातार थुप्रिरहेको ताजा फोहोरको समस्याको पनि समाधान गरियोस्।
उपराज्यपालले गर्मीको मौसमलाई मध्यनज गर्दै ल्याण्डफिल साइटहरूमा आगलागीका घटनाहरूलाई रोक्नको लागि सबै आवश्यक निवारक उपाय तत्काल लागू गर्नेमाथि पनि बल दिए। यसको साथै उनले सम्पूर्ण दिल्लीमा फोहोरको श्रोतमै सुक्खा र गिलो फोहोरलाई छुट्याउनको लागि रेजिडेन्ट वेलफेयर एसोसिएशन (आरडब्ल्यूए) अनि मार्केट ट्रेडर्स एसोसिएशन (एमटीए)-लाई सक्रिय रूपमा सामेल गर्ने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा