
इम्फाल, 30 मार्च (हि.स.)। मणिपुरका भिन्न-भिन्न भागहरूमा पुलिस एवं सुरक्षा बलहरूद्वारा संयुक्त रूपमा संचालित अभियानको क्रममा तीनजना मादक तस्करहरूलाई पक्राु गरिएको छ। मणिपुर पुलिस मुख्यालयले गए आइतवार बतायो, सुरक्षा बलहरूद्वारा गत 28 र 29 मार्चका दिन दुई भिन्न नशा विरोधी अभियानहरू संचालन गरियो जसको परिणामस्वरूप तीन जना मानिसहरूलाई पक्राउ गरियो साथै हेरोइन र गाँजासितै संदिग्ध नशालु पदार्थलाई पनि जफत गरियो।
पुलिस मुख्यालय अनुसार गए 29 मार्चको दिन सुरक्षा बलहरूले जिरीबाम जिल्लाको साइकुलफाई गाउँ निवासी सेहखोलियन (52)-लाई जिरीबाम पुलिस थानान्तर्गत छोटबेकरा र लतिंगखाल माझको क्षेत्रबाट पक्राउ गरे। यस अभियानमा आरोपीबाट पाँच वटा प्लास्टिकका थैलाहरूमा प्याक गरिएको लगभग 5.3 किलोग्राम गाँजा जफत गरियो भने एउटा दुई चक्के वाहन (एएस-11एक्स-9252)- लाई पनि जफत गरियो।
यसरी नै गत 28 मार्चमा संचालित एक अभियानमा सुरक्षा बल र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)-को संयुक्त टीमले चुराचाँदपुर जिल्लाको नगाथल मैदानमा दुई वटा वाहन- एउटा टोटो र दोस्रो टाटा डीआई स्कर्पियोलाई रोकेर जाँच गऱ्यो। दुवै वाहनका चालकहरू जसको पहिचान वाल वेंग गाउँका पौमुआनलिआन तुंगनुंग (23) र साइकोट के नाज़रेथ गाउँका लिआनमिनथांग नेहसिअल (26)- को रूपमा भएको छ,- लाई हिरासतमा लिइयो। वाहनहरूबाट संदिग्ध हेरोइनले भरिएको 207 वटा साबुनको दानी जफत गरियो। दुवै मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा