पूर्व जादवपुरको यमुना नगरमा विवादपछि हिंसा
पूर्व जादवपुरको यमुना नगरमा विवादपछि हिंसा


कोलकाता, 30 मार्च (हि. स.)। कोलकाताको पूर्व जादवपुर थाना अधिनस्थ यमुनानगर क्षेत्रमा सोमवार बिहान अचानक हिंसा शुरू भयो। क्षेत्रमा गोलीकाण्ड भएपछि व्यापक तनाउ फैलियो। यस घटनामा स्थानीय धेरैजना मानिसहरू घाइते भए। पुलिसले यस मामिलामा अहिलेसम्ममा चार जना मानिसहरूलाई पक्राउ गरेको छ।

स्थानीय सूत्र अनुसार द्रूत गतिमा बाइक हाँकेको विषयमा विवाद शुरू भएको थियो। आरोप छ, द्रूत गतिमा बाइक हाँकेकोमा विरोध गर्दा केही असामाजिक तत्वहरूले स्थानीय एक जना युवकलाई निर्दयता पूर्वक कुटपिट गरे। यति मात्र नभएर युवकको शरीरमा पेट्रोल लगाएर जलाउने चेष्टा गरेको आरोप पनि लगाइएको छ।

घटनापछि क्षेत्रका मानिसहरू आक्रोशित भए जसले आरोपीहरूको घर अगाड़ी गएर विरोद प्रदर्शन गर्नथाले। त्यसपछि स्थिति अझ् तनाउपूर्ण भयो। आरोप छ, बाहिरबाट केही असामाजिक तत्वहरूलाई बोलाइयो जसले धारिलो हतियारले स्थानीय मानिसहरूमाथि हमला गरे। वाहनहरूमा तोड़फोड़ गरियो। यसै अवधि गोली चलेको आवाज सुनिएको दाबी स्थानीय मानिसहरूले गरेका छन् जसबाट स्थिति झन् भयानक भयो। तथापि पुलिसले गोली चलाएको घटनाको वास्तविकता पत्तो लगाउन जाँच गरिरहेको छ।

सूचना पाएर पूर्व जादवपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्नको लागि केन्द्रिय बललाई पनि तैनाथ गरियो। अहिलेघरि स्थिति नियन्त्रणमै छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande