
कोलकाता, 30 मार्च (हि.स.)। फिल्म एवं टीभी जगतका प्रसिद्ध अभिनेता राहुल अरुणोदय ब्यनर्जीको एक दुर्घटनामा भएको मृत्युलाई लिएर बंगला अभिनय जगतमा व्याप्त शोकबीच राज्यका मुख्य सचिव दुष्मन्त नारियावाला सोमवार बिहान घटनास्थलमा पुगे। राहुल ब्यनर्जीको गए आइतवार साँझ दिघामा समुद्रमा डुबेर मृत्यु भएको थियो।
गए आइतवार नै जानकारी दिइएको थियो, सोमवार कान्थी महकुमा अस्पतालमा उनको शवको मरणोप्रान्त परीक्षण गरिनेछ। कलाकार मञ्चकोसूत्र अनुसार सोमवार बिहान 8 बजेदेखि परीक्षण शुरू हुनुथ्यो, तर 9 बजिसक्दा पनि प्रक्रिया शुरू भएको थिएन।
अभिनेताको पार्थिव शरीरलाई दिघादेखि कोलकाताको विजयगढ़स्थित उनको घरसम्म ल्याउने जिम्मेवारी मुख्यमन्त्री ममता ब्यनर्जीले लिएकी छन्। घटनास्थलमा राज्यका मुख्य सचिव दुष्मन्त नारियावाला पनि पुगिसकेका छन्।
मुख्यमन्त्रीले अभिनेताको निधनमा गहिरो शोक व्यक्त गरेकी छन्। उनले आइतवार एक्समा लेखिन्, यस घटनाले उनी अत्यन्त दुःखी भएकी छन्। यो घटनालाई विश्वास गर्नै कठिन भइरहेको छ। उनले राहुललाई आफ्ना प्रिय अभिनेता र भलादमी बताइन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा अभिनेताको परिवार, आफन्त अनि असंख्य प्रशंसकहरूप्रति पनि संवेदना व्यक्त गरिन्। उनले भनिन्, बंगाली सिनेेमा र धारावाहिक जगतमा राहुलको योगदानलाई सदैव स्मरण गरिनेछ। उनको अचानक निधन हुनु भनेको अभिन जगतको लागि अपूरणीय क्षति हो।
राहुलको निधन भएको समाचार पाउनसाथ उनकी पत्नी तथा अभिनेत्री प्रियंका सरकार आफ्नी सासु भएकहाँ पुगिन्। केही समय त्यहाँ बसेपछि तिनी आफ्नो पुत्र सहज भएकोमा पुगिन्, त्यसपछि अबेर राती फेरि परिवार भए ठाउँमै पुगिन्।
विजयगढ़ क्षेत्रमा सोमवार अपरान्हसम्म प्रतिक्षा गरिँदैछ। जानकारी अनुसार अभिनेताको पार्थिव शरीरलाई सोमवार अपरान्हसम्ममा घरमा ल्याइनेछ जहाँ अन्तिम दर्शनको लागि मानिसहरूको भीड़ जुट्ने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा