कुचबिहारमा तृणमूल-भाजपा आपस्तमा भिड़िए, रोड शो अगावै बबाल
कुचबिहारमा तृणमूल-भाजपा आपस्तमा भिड़िए, रोड शो अगावै बबाल


कुचबिहार, 30 मार्च (हि. स.)। जिल्लामा सोमवार ठूलो राजनीतिक बवाल देख्न पाइयो। कुचबिहारको घुघुमारीस्थित तोर्षा ब्रिजमा तृणमूल कंग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूमाझ झड़प भयो जसले गर्दा क्षेत्रमा तनाउ फैलियो।

भनिन्छ, अभिनेता औ तृणमूल नेता देवको रोड शो आयोजना हुन अगावै यस्तो घटना घट्यो। एसआईआरमा नाम हटाइएको विरोधमा स्थानीय मानिसहरूले बिहानदेखिकै पुलमा बाटो जाम गरिदिएका थिए।

यसैबीच भाजपा उम्मेद्वार रथीन्द्रनाथ बसुको वाहन घटनास्थलमा पुग्यो जहाँ प्रदर्शनकारीहरूले उनलाई कालो झण्डा देखाए। भाजपाको आरोप छ, यो अवरोध टीएमसीको समर्थनमा गराइएको थियो।

केही क्षणपछि तृणमूल नेता अभिजीत दे भौमिक अर्अथात देव लावा-लस्करसितै त्यहाँ आइपुगे। दुवै पक्ष आमने-सामने भएपछि स्थिति झन् अनियन्त्रित भयो। कार्यकर्ताहरूमाझ धक्का-मुक्कार चर्को बहस शुरू भयो।

तृणमूलको दाबी छ, भाजपाले नियोजित ढंगमा पुलको बीचमा वाहन राखेर रोड शोलाई रोक्ने प्रयास गऱ्यो। अर्कोतिर भाजपाले आरोप लगायो, तृणमूलले षड़यन्त्र गरेर यो अवरोध गराएको हो।

लामो समयसम्म चलेको यस विवादको कारणले यातायात पूर्ण रूपमा ठप्प भयो। स्थितिलाई नियन्त्रण गर्नको लगि पुलिसलाई कड़ा परिश्रम गर्नुपऱ्यो। हाल क्षेत्रमा प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ भने स्थिति तनाउपूर्ण नै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande