
सिलगढ़ी, 30 मार्च (हि.स.)। नक्सलबाड़ीमा सप्लीमेन्ट्री लिस्ट जारी हुनसाथ डिलीट भोटरहरूको संख्या द्रूत गतिमा बढ़िरहेको छ जसले गर्दा मानिसहरूमा असन्तोष र विरोध पनि बढ़्दै गइरहेको छ।
दार्जीलिङ जिल्लाको नक्सलबाड़ी ब्लक अन्तर्गत हाथीघिसा क्षेत्रको 25/62 सेबदुल्ला जोत प्राथमिक विद्यालयको सप्लीमेन्ट्री भोटर लिस्टमा यसपालि 66 जना मानिसहरूको नाम डिलीट भएको छ। मोठ 966 जना भोटरमध्ये गत 28 फरवरीमा जारी पहिलो पूर्ण भोटर लिस्टमा 40 जनाको नाम पहिलाबाटै हटाइएको थियो 111 जनाको नाम विचाराधिन थियो।
अब दोस्रो सप्लीमेन्ट्री लिस्ट जारी भएपछि फेरि 66 जना भोटरहरूको नाम डिलीट भएको छ भने 11 जना भोटरहरूको नाम अहिले पनि विचाराधिन रहेको बताइएको छ।
यसपालि नाम डिलीट भएकाहरूमा नक्सलबाड़ी पञ्चायत समितिका कर्माध्यक्ष आसर्फ अन्सारी पनि सामेल छन्। उनले आरोप लगाएका छन्, अल्पसंख्यक तथा दुई आदिवासी समुयादका भोटरहरूको नामलाई नियोजित रूपमै हटाइएको हो।
आसर्फ अन्सारीको भनाइ छ, यो काम चुनाउ आयोगद्वारा भाजपालाई फाइदा पुऱ्याउनको लागि गरिँदैछ। उनले भने, उनको परिवारको नाम वर्ष 2002-को भोटर लिस्टमा छ, उनको पिताको नाम पनि दर्ता थियो, उनको हजुरबुवाले 1951 सालमा भोट दिएका थिए। उनीसित सबै आवश्यक दस्तावेज छ।
यस्तै सिकायत अन्य हटाइएका भोटरहरूले पनि गरेका छन्। यस सम्पूर्ण मामिलालाई लिएर प्रभावित मानिसहरूले चुनाउ आयोगविरूद्ध व्यापक विरोध तथा आक्रोस व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा