तृणमूलकै जित हुन्छ, भाजपा आयो भने माछा खानै छोड़िदिन्छुः ममता ब्यानर्जी
तृणमूलकै जित हुन्छ, भाजपा आयो भने माछा खानै छोड़िदिन्छुः ममता ब्यानर्जी


कोलकाता, 30 मार्च (हि.स.)। पश्चिम बंगालमा विधानसभा चुनाउको तीव्र प्रचारबीच तृणमूल कंग्रेस प्रमुख तथा मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार पश्चिम मिदनापुर जिल्लाको डेबरामा आयोजित एक चुनावी जनसभालाई सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा)- माथि धारिलो प्रहार गरिन्। उनले दाबी गरिन्, पश्चिम बंगालको चुनाउमा जित हासिल गरेपछि सबैलाई साथमा लिएर देशका जनताको समर्थनबाट दिल्लीको सत्तामा पनि कब्जा गर्नुपर्छ।

ममता ब्यानर्जीले भाजपामाथि धर्मको राजनीति गरेको आरोप लगाउँदै भनिन्, केही मानिसहरूले धर्मको नाममा प्रचार गर्दछन, तर वास्तवमा कसैले पनि धर्मलाई सम्मान गर्दैन। उनले भनिन्, उनको पार्टीले धर्मलाई सम्मान अनि मानवतालाई प्राथमिकता दिन्छ भने भाजपाले धर्मलाई राजनीतिक लाभको लागि प्रयोग गर्दछ। ममताले यो पनि भनिन्, भाजपा सरकारमा आयो भने उनले माछा खानै छोड़िदिनेछन्।

महिलाहरूको मुद्दामा पनि मुख्यमन्त्रीले भाजपालाई घेरिन्। उनले आरोप लगाइन्, भाजपा महिलाहरूप्रति संवेदनशील छैन। मतदाता सूची संशोधनमा सबैभन्दा अधिक महिलाहरूको नाम हटाइएको छ। उनले यो पनि भनिन्, विवाहपछि महिलाको उपनाम फेरिएको कारणले पनि यस किसिमको प्रशासनिक भ्रम सृजना भएको हो।

आफ्नो भाषणमा ममता ब्यानर्जीले पश्चिम मिदनापुरको ऐतिहासिक धरोहरको उल्लेख गर्दै भनिन्, यो ईश्वरचन्द्र विद्यासागरको भूमि हो जसले गर्दा शिक्षाको प्रचार भयो। उनले आरोप लगाइन्, पहिला एउटा ऱ्याली अवधि विद्यासागरको मूर्ति नै भत्काइएको थियो। भाजपाले बंगालका महान व्यक्तित्वहरू जस्तै मातंगिनी हाजरा, बंकिमचन्द्र चट्टोपाध्याय, राजा राममोहन राय औ खुदीराम बोसलाई सम्मान गर्दैन। यसको विपरीत उनको पार्टीले यी सबै स्वतन्त्रता सेनानी एवं समाज सुधारकहरूलाई सम्मान गर्दछ।

मुख्यमन्त्रीले भनिन्, उनको पार्टी सबै समुदाय र सबै वर्गलाई साथमा लिएर अगाड़ी बढ़्नुमा विश्वास राख्दछ। उनले भनिन्, आदिवासी, हिन्दू तथा मुस्लिम सबै उम्मेद्वारहरूको लागि समान रूपमा संघर्ष गर्नुपर्छ, किनभने सरकार सबैलाई साथमा राखेर बनाइन्छ।

किसानहरू विशेष गरी आलू उत्पादकहरूलाई सम्बोधन गर्दै ममता ब्यानर्जीले भनिन्, राज्य सरकारले निःशुल्क फसल बीमा योजना लागू गरेको छ जसमाछि हजारौं करोड़ रुपियाँ खर्च हुन्छ, तर किसानहरूले यसको लागि पैसा दिनु पर्दैन। उनले डेबरा क्षेत्रमा पछिल्लो पाँच वर्षभित्रमा भएका विकास कार्यहरूको पनि उल्लेख गरिन् अनि तृणमूल कंग्रेस प्रत्याशी राजीव ब्यानर्जीको पक्षमा मतदान गर्ने अपील गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande