
गुवाहाटी, 04 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार संकेत दिए, असम गण परिषद (अगप)-सितको गठबन्धनले आज नै अन्तिम रूप लिनसक्छ। साथै उनले अन्य क्षेत्रीय दलहरूसित पनि सम्झौता हुने सम्भावना व्यक्त गरेका छन्।
होली उत्सवमा भाग लिएपछि मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, अगपसितको बातचित अन्तिम चरणमा छ र चाँड़ै औपचारिक घोषणा हुनसक्छ। उनले विश्वास व्यक्त गरे, यो गठबन्धनले राज्यमा सत्तासिन गठबन्धनलाई अझ् शक्तिशाली बनाउनेछ।
मुख्यमन्त्रीले यो पनि बताए, बोडोल्याण्ड पीपुल्स फ्रंट (बीपीएफ)-सित पनि गठबन्धन हुने सम्भावना छ। यस अतिरिक्त यूनाइटेड पीपुल्स पार्टी लिबरल (यूपीपीएल)-सित चर्चा गरिनेछ। उनले भने, व्यापक राजनीतिक स्थिरता तथा विकासलाई ध्यानमा राख्दै विभिन्न दलहरूसित बातचित गरिँदैछ।
उनले स्पष्ट पारे, सीट बाँड़फांड़ सहित अन्य विषयहरूमा सहयोगी दलहरूसित आपसी सहमतिबाट निर्णय लिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा