राज्यपाल माथुरले आईटीबीपीका जवानहरूसॅंग होली पर्व मनाए
राज्यपाल माथुरले आईटीबीपीका जवानहरूसॅंग होली पर्व मनाए


गान्तोक, 04 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लिङ्दोङ बस्तीमा आईटीबीपीको 13औं बटालियनका जवानहरूसॅंग हर्षोल्लासका साथ होली पर्व मनाए। यस अवसरमा राज्यपालले जवानहरूसॅंग रङ्ग लगाएर होली खेले र मिठाई पनि वितरण गरे।

कार्यक्रममा राजेन्द्र सिंह राजपूत, सेकेन्ड इन कमान्ड एवं अफिसर कमाण्डिङ, 13औं बटालियन, आईटीबीपी लगायत अधिकारीहरू र जवानहरू उपस्थित थिए।

राज्यपाल माथुरले जवानहरूलाई सम्बोधन गर्दै भने, 'तपाईहरूसॅंग होली बनाउने मेरो आन्तरिक इच्छा थियो। आज यो अवसर पाएर म स्वयंलाई गौरवान्वित महसुस गरिरहेको छ।' उनले भने, 'तपाईहरू आफ्नो घर परिवारदेखि टाडा देशको सुरक्षामा तैनाथ हुनुहुन्छ ताकि राष्ट्र सुरक्षित रहोस्। देश प्रथमको भावनाका तपाईहरू साकार रूप हुनुहुन्छ। सीमावर्ती क्षेत्र तपाईहरूकै कारण सुरक्षित छ।'

राज्यपालले जवानहरूसॅंग होली पर्व मनाउन पाउनु आफ्नो लागि गर्व र सम्मानको कुरा रहेको बताए। उनले रङ्गहरूको यो उत्सवले आज नयॉं उर्जा र प्रेरणा लिएर आएको बताए। जवानहरूले पनि राज्यपालप्रति आभार व्यक्त गरेको लोकभवनले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande