राज्यपालले लोकभवन परिवारसॅंग होली मनाए
राज्यपालले लोकभवन परिवारसॅंग होली मनाए


गान्तोक, 04 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवन परिवारसॅंग हर्षोल्लासका साथ होली पर्व मनाए। यस अवसरमा राज्यपालले अधिकारीहरू र कर्मचारीहरूलाई रङ्ग लगाए। उनले होली पर्वको शुभकामना व्यक्त गर्दै सबैलाई मिठाई पनि वितरण गरे।

लोकभवनका अनुसार, राज्यपालले लोकभवन परिवारसॅंग मनाएको होली पर्वले हामीलाई आपसी सहयोग र सामूहिकताको भावनालाई सुदृढ़ बनाउने अवसर प्रदान गर्दछ भनी बताए।

लोकभवनद्वारा आयोजित होली मिलन समारोहमा राज्यपालका साथ लोकभवन परिवारले आनन्द र उल्लासका साथ खुशी मनाए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande