जयपुर क्षेत्रमा हात्तीको हमलामा ग्रामीणको मृत्यु, केही घाइते
जयपुर क्षेत्रमा हात्तीको हमलामा ग्रामीणको मृत्यु, केही घाइते


बाँकुड़ा, 04 मार्च (हि. स.)। जिल्लाको जयपुर रेञ्जमा हात्तीको हमलामा परी एक जना ग्रामीणको मृत्यु भयो भने अन्य 6 जना मानिसहरू घाइते भए। घटना बुधवार बिहन रउतखण्ड, जामडिगरी र कलाबनी गाउँमा भएको हो। मृतकको पहिचान विजय कोलेको रूपमा भएको छ, जो राउतखण्डको पाथरपाड़ा गाउँका बासिन्दा थिए।

प्राप्त जानकारी अनुसार सबेरै गाउँमा जंगली हात्ती पस्यो जसले धेरै वटा घरहरूलाई भत्काउन शुरू गऱ्यो। यसै अवधि हात्तीको अगाड़ी परेका विजयको घटनास्थलमै मृत्यु भयो।

सूचना पाएर पुलिस अनि वन विभागको ठूलो टीम घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई निकालेर जयपुर ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरियो। सबै घाइतेहरूको त्यहीँ उपचार भइरहेको छ।

स्थानीय सूत्र अनुसार बिहानदेखिकै हात्तीले क्षेत्रमा उत्पात मचाइरहेको थियो जसले गर्दा सबेरै ग्रामीणहरू निन्द्राबाट ब्युँझिए। मानिसहरू आफ्नो ज्यान बचाउनको लागि भाग्न थाले जसबाट कोकोहोलो मचियो।

जयपुर रेञ्जका अधिकारी राजेश दासले बताए, घाइतेहरूमा वन विभागका एक जना कर्मचारी पनि सामेल छन्। बथानबाट एक्लिएको हात्तीलाई नियन्त्रण गर्ने चेष्टा जारी छ। यो समाचार लेखुञ्जेलसम्म हात्तीलाई नियन्त्रण गर्न सकेको थिएन। प्रशासनले क्षेत्र वासीलाई सतर्क रहने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande