कंग्रेस प्रत्याशीको सूची मात्र उत्तराधिकारीहरूको सूची होः मुख्यमन्त्री सरमा
कंग्रेस प्रत्याशीको सूची मात्र उत्तराधिकारीहरूको सूची होः मुख्यमन्त्री सरमा


गुवाहाटी, 04 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कंग्रेसका प्रत्याशीहरूको सूचीमाथि तीव्र प्रतिक्रिया व्यक्त गर्दै सलाई उत्तराधिकारीहरूको सूचीको संज्ञा दिएका छन्।

मुख्यमन्त्री डा. शर्माले बुधवार बरपेटामा आयोजित एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए। उनले भने, कंग्रेसको सूचीमा पिता-पुत्र र पुत्रीहरूलाई मात्र प्राथमिकता दिइएको छ। उनले आरोप लगाए, यो सूची पूर्ण रूपमा परिवारवादबाट प्रभावित छ र यसमा कुनै प्रकारको नौलोपन देखिएको छैन।

डा. सरमाले भने, कंग्रेसले एक पटक फेरि समर्पित र धरातलीय स्तरमा काम गर्ने सामान्य कार्यकर्ताहरूलाई अदेखा गरेको छ। सूचीमा यस्ता कार्यकर्ताहरूको नाम छैन जसले वर्षौंसम्म पार्टीको लागि परिश्रम गरेका छन्। मुख्यमन्त्रीले आरोप लगाए, कंग्रेसले अहिले पनि वंशवादको राजनीतिलाई प्रेरित गरिरहेको छ भने आम कार्यकर्ताहरूलाई अवसर दिन असफल रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande