सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


मेदिनीपुर, 04 मार्च (हि.स.)। दोल पर्वको रात (मंगलवार) पूर्व-मेदिनीपुर जिल्लाको महिषादल थाना क्षेत्रम भएको एक सड़क दुर्घटनामा एकजना मानिसको मृत्यु भयो भने उसकी पत्नी र छोरी गम्भीर रूपमा घाइते भए। घाइतेहरूलई स्थानीय अस्पतलमा भर्ती गरिएको छ।

पुलिस सूत्र अनुसार मृतक सौमित्र बर्मन (35) नन्दकुमार थाना, शीतलपुरका निवासी थिए। दुर्घटना हुँदा तिनी पत्नी मोना बर्मन र सात वर्षीय छोरी अयन्तिका बर्मनलाई लिएर चैतन्यपुर तर्फ मोटर साइकलमा गइरहेका थिए।

महिषादल थाना क्षेत्रको शिवमन्दिर नजिक हल्दिया-मेचेदा राज्य मार्गमा एउटा ट्रकले उनीहरूको मोटरसाइकलाई पछड़िबट ठक्कर दियो। यस दुर्घटनामा तीनैजना गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरू तथा बटुवाहरूले तत्कालै उनीहरूलाई अस्पतालमा पुऱ्याए, तर गम्भीर चोट लागेको कारणले सौमित्र बर्मनको घटनस्थलमै मृत्यु भयो।

पुलिसले दुर्घटनामा सामेल ट्रकलाई जफत गरेको छ, तर ट्रक चालक भने भाग्न सफल भएको छ। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन तथा चालकको पहिचानको लागि जाँच कार्य शुरू गरेको छ।

दोलको दिन जिल्लाका विभिन्न भागहरूमा सड़क दुर्घटनाहरू भएको समाचार प्रकाशमा आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande