प्रयागराजः सड़क दुर्घटनामा महिला सहित दुईजनाको मृत्यु
प्रयागराजः सड़क दुर्घटनामा महिला सहित दुईजनाको मृत्यु


प्रयागराज, 04 मार्च (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला अन्तर्गत झुँसी थाना क्षेत्रमा गए मंगलवार अबेर राती र बुधवार बिहान भएको दुई वटा भिन्न सड़क दुर्घटनामा एकजना महिला सहित दुईजना मानिसहरूको मृत्यु भयो। पुलिसले दुवै शवलाई कब्जामा लिएर कानूनी कारबाही शुरू गरेको छ।

पुलिस अनुसार फूलपुर थाना क्षेत्रको सराय लीला उपनाम खोजापुर गाउँ निवासी महेश चन्द्र (35) पुत्र लालारामको बुधवार बिहान झुँसी थाना क्षेत्रमा भएको सड़क दुर्घटनामा मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

यसरी नै गए मंगलवार राती कुनै अज्ञात वाहनको ठक्करले झुँसी थाना अन्तर्गत ईशिपुर मलावा खुर्द निवासी चन्द्रकली (60) पत्नी रामदुलार कुशवाहाको मृत्यु भयो। दुर्घटनापछि वाहन चालक घटनास्थलबाट भाग्यो। पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बताए, दुवै मामिलामा आवश्यक कानूनी कारबाही गरिँदैछ। अज्ञात वाहनको पहिचान गर्नको लागि वरपरको सीसीटीभी फुटेजको जाँच गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande