
खड़गपुर, 04 मार्च (हि.स.)। होलीको दिन पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर शहरस्थित लास्ट मलांचा क्षेत्रमा बुधवार बिहान एकजना विवाहिताको शव घरभित्र फाँसीमा झुण्डिरहेको अवस्थामा भेटियो। यस घटनाको कारणले क्षेत्रमा शोक अनि आशंकाको माहोल व्याप्त भएको छ।
मृतकाको पहिचान श्रावणी सुर (35)- को रूपमा भएको छ। स्थानीय मानिसहरू अनुसार श्रावणी प्रायजसो आफ्नो माइत केशपुरमा बस्थिन् भने पछिल्लो लगभग 15 दिनदेखिको तिनी लास्ट मलांचास्थित आफ्नो ससुरालीमा बस्दै आएकी थिइन्।
मृतकाका पति विश्वजीत सुरले बताए, गए मंगलवार रातीसम्म सबै कुरा सामान्य थियो। परिवारका सबै सदस्यहरूसित बसेर भोजन गरेपछि उ सुत्न गएकी थिई। सबेरै निन्द्राबाट ब्युँझिदा पत्नीलाई कोठामा पाएनन्। त्यसपछि खोजी गर्दा नजिकैको कोठामा चुन्नीको सहारामा झुण्डिरहेको भेटियो।
घटनाको सूचना पाउनसाथ बिहान लगभग 6 बजे खड़गपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ तथा मामिलाको जाँच शुरू गरेको छ।
छिमेकीहरूले आशंका व्यक्त गरेका छन्, विभिन्न समूहहरूबाट ऋण (ग्रुप लोन) लिएको कारणले परिवारमा आर्थिक तनाउ भइरहेको थियो जसले गर्दा यो कदम उठाएको हुनसक्छ। तथापि पुलिसले सबै पक्षहरूको जाँच गरिरहेको छ। मृतकाले आफूपछि दुईजना नाबालिक नानीहरूलाई छोड़ेर गएकी छे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा