
गुवाहाटी, 04 मार्च (हि.स.)। असममा प्रस्तावित 2026 को विधानसभा चुनाउलाई लिएर राजनीतिक हावा तातिएको छ। यसबीच शिवसागरका विधायक तथा रायजोर दलका प्रमुख अखिल गोगोईले असम प्रदेश कंग्रेस कमिटीको पक्षबाट जारी उम्मेद्वारहरूको पहिलो सूचीमाथि आपत्ति जनाएका छन्। उनको बयानपछि विपक्षी खेमामा सम्भावित द्वन्द्वको चर्चा चुलिएको छ।
वास्तवमा बितेको राती (मंगलवार) असम प्रदेश कंग्रेस कमिटीले आफ्ना उम्मेद्वारहरूको पहिलो सूची जारी गरेको थियो। यसमाथि प्रतिक्रिया व्यक्त गर्दै अखिल गोगोईले भने, रायजोर दलसित सीट-शेयरिंगलाई लिएर बातचित जारी थियो तथापि कंग्रेसद्वारा एकतर्फी उम्मेद्वारहरूको घोषणा गर्नु “दुर्भाग्यपूर्ण” औ “असंवैधानिक” कदम हो।
गोगोईले भने, “गठबन्धनलाई लिएर बातचित भइरहेको बेला कंग्रेसले यस किसिमको एकतर्फी सूची जारी गर्नु हुँदैनथ्यो। यसबाट भरोसालाई ठेस पुग्नेछ।” उनले स्पष्ट पारे, यो कदम विपक्षी एकताको लागि सही संकेत होइन।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यो विवाद यस्तो समयमा सामु आएको छ जतिबेला राज्यमा आगामी अप्रेल वरपर विधानसभा चुनाउ हुने सम्भावना व्यक्त गरिँदैछ। तथापि चुनाउ आयोगले अहिलेसम्म आधिकारिक तिथिको घोषणा गरेको छैन। यस स्थितिमा सीट बाँड़फाँड़लाई लिएर असहमति भाजपा विरोधी गठबन्धनका सम्भवनाहरूलाई प्रभावित बनाउन सक्छ।
अर्कोतिर कंग्रेस नेताहरूले स्पष्ट पारेका छन्, रायजोर दलसित अहिले कुनै औपचारिक गठबन्धन भएको छैन तथापि बातचित जारी छ। उनले भने, सीट बाँड़फाँड़माथि सहमति हुन सकेको छैन, त्यसैले पार्टीले आफ्नो रणनीति अन्तर्गत उम्मेद्वारहरूको घोषणा गरेको छ।
कंग्रेसका नेताहरूले यो पनि बताए, असम जातीय परिषद (एजेपी) सित सम्झौता भएको छ जसबाट संकेत पाइन्छ कि चयनित क्षेत्रहरूमा गठबन्धन आधारित रणनीति अप्नाइँदैछ।
असमको राजनीतिमा यस घटनाक्रमलाई महत्वपूर्ण मोड़को रूपमा हेरिँदैछ। अब यो हेर्नु चाखलाग्दो हुनेछ कि आगामी दिनमा रायजोर दल र कंग्रेसबीच बातचित कुन दिशामा अगाड़ि बढ़्छ र के विपक्षी एकता कायम रहनसक्छ वा सक्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा