अमेरिका-इज़राइल-ईरान युद्धमा नागौरका युवकको मृत्यु, जहाजमा मिसाइल हमला
अमेरिका-इज़राइल-ईरान युद्धमा नागौरका युवकको मृत्यु, जहाजमा मिसाइल हमला


जयपुर, 04 मार्च (हि.स.)। अमेरिका, इजराइल औ ईरानबीच व्याप्त तनाउ अनि युद्धबीच राजस्थानको नागोर जिल्ला निवासी एक जना युवकको मृत्यु भयो। आशंका व्यक्त गरिँदैछ, यस संघर्षमा कुनै भारतीय नागरिकको यो पहिलो मृत्यु हुनसक्छ। मृतक युवक क्रुड ओयल कम्पनीको एक शिपमा कार्यरत थियो।

गत एक मार्चको बिहान ओमानको खासब पोर्टमा खड़ा जहाजमा ईरानद्वारा दागिएको मिसाइल आएर झऱ्यो जसमा जहाज पूर्ण रूपले क्षतिग्रस्त भयो। यो हमला हुँदा दलीप जहाजको अघिल्लो भागमा पायलट आशिष कुमारसित थिए। अशिष कुमार बिहार निवासी थिए जसको शवलाई उद्धार गरिएको छ भने दलीपको शवलाई अहिलेसम्म भेटिएको छैन।

कम्पनी अनुसार हमलामा अधिकांश क्रू मेम्बर्सलाई सुरक्षित बाहिर निकालिएको थियो, तर क्याप्टन आशिष सहित दुई जना बेपत्ता भएका थिए। हमला भएको तीन दिनपछि बुधवार बिहान कम्पनीले दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ जसमा नागौर जिल्लाको खिवताना निवासी दलीप सिंह पनि सामेल छन्। यो जहाज स्काईलाइट कम्पनीको रहेको बताइएको छ। जहाज कम्पनी तथा सुरक्षा एजेन्सीहरू लगातार तीन दिनदेखि शव खोज्न जुटेका छन्।

परिवार अनुसार दलीप सिंह, पुत्र कानसिंहले 22 जनवरी, 2026-मा मर्चेन्ट नेभीको ड्यूटी जोइन्ट गरेका थिए जो ओयल/केमिकल ट्यांकरमा क्रू मेम्बरको रूपमा कार्यरत थिए। गत 28 फरवरीमा उनको परिवारसित अन्तिम बातचित भएको थियो। दलीपसितै नागौर जिल्लाको बामणा गाउँ निवासी सुनिल पनि कार्यरत थिए। सुनिलको ड्यूटी समाप्त भएपछि दलीप उनको शिफ्टमा पुगेका थिए।

घटनाको सूचना पाउनसाथ गाउँ अनि सम्पूर्ण जिल्लामा शोक व्याप्त भएको छ। परिवारले सरकारसित शवलाई स्वदेश ल्याउनको लागि उचित सहायता गर्ने माग गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande