अमिनगाउँको जयगुरूमा सड़क दुर्घटना, व्यक्तिको मृत्यु
अमिनगाउँको जयगुरूमा सड़क दुर्घटना, व्यक्तिको मृत्यु


कामरूप (असम), 04 मार्च (हि.स.)। होलीको उत्सव र उमंगबीच अमिनगाउँको जयगुरु क्षेत्रमा गए मंगलवार राती भएको एक भीषण सड़क दुर्घटनामा एकजना व्यक्तिले ज्यान गुमाए।

प्राप्त जानकारी अनुसार एएस-25-एफसी-0928 नम्बरधारी डम्परको ठक्करले व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यो डम्परलाई आईआईटी गुवाहाटी मार्गलाई जिल्ला आयुक्त कार्यालयसित जोड़्ने सड़क निर्माण कार्यमा खटाइएको थियो।

मृतकको पहिचान राजस्थान निवासी तुलसी राम शर्माको रूपमा भएको छ जो निर्माणाधिन सड़क परियोजनामा प्रितम शर्मा र अनुराग तलुकदारको ठेकादारको अधिनमा कार्यरत रहेको बताइएको छ।

दुर्घटनापछि डम्पर चालक घटनास्थलबाट भाग्यो तथापि उत्तर गुवहाटीको गौरीपुर पुलिसले पछि डम्परलाई जफत गऱ्यो। डम्पर मालिकको नाम प्रदीप कलिता रहेको बताइएको छ।

पुलिसले शवलाई जफत गरी उत्तर गुवाहाटीस्थित जीएनआरसी अस्पतालको शवगृहमा पोस्टमर्टम गर्नको लागि रखाएको छ। यसबीच घटनालाई दबाउने प्रयास गरिएको आरोप उठिरहेको छ। यो आरोप लगाइएको छ, दुर्घटनामा सामेल डम्परको आवश्यक दस्तावेज उपलब्ध थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande