
गान्तोक, 04 मार्च (हि.स.)। सिक्किम बिहारी समाजका सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको आधिकारिक निवासमा शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले होलीको हर्षोल्लासपूर्ण तथा शुभ अवसरमा सिक्किम बिहारी समाजका सदस्यहरूसँग आफ्नो आधिकारिक निवासमा भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भेटघाटका क्रममा आत्मीयता र सौहार्दपूर्ण वातावरणमा होलीका शुभकामनाहरू आदान-प्रदान गरिएको बताएका छन्।
मुख्यमन्त्रीले होलीका रङहरूले आपसी सम्बन्ध अझ सुदृढ़ बनाओस् र प्रत्येक घरमा खुशी, समृद्धि तथा आगामी दिनहरूका लागि नयाँ आशा फैलाओस् भनी कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल