आत्मसमर्पित पूर्व शीर्ष नक्सली नेता भूपतिले पुनर्वास केन्द्रमा मनाए होली
आत्मसमर्पित पूर्व शीर्ष नक्सली नेता भूपतिले पुनर्वास केन्द्रमा मनाए होली


जगदलपुर, 04 मार्च (हि.स.)। आत्मसमर्पित नक्सली नेता भूपति जो एक समयमा प्रतिबन्धित नक्सली संगठनको पोलित ब्यूरो तथा केन्द्रिय समितिको सदस्य रहेका थिए साथै केन्द्रिय वैचारिक प्रभारीको रूपमा नक्सली विचारधाराको देशभरि अगुवाई गर्दै वर्षौंसम्म हिंसाको त्यो बाटोमा हिँड़िरहे जहाँ उत्सवको सट्टामा जंगलको युद्ध थियो, तर आत्मसमर्पण गरेपछि आत्मसमर्पित नक्सली नेता भूपतिलाई यसपालि बारूदको सट्टा रंग र अबीरहरूमा रंगिएको देखियो। यसपालि उसको हातमा हतियार होइन, रंग थियो। पत्नी तारक्का र अन्य पूर्व साथीहरूसित तिनले रंग लगाए, अंकमाल गरे अनि जीवनको नयाँ शुरूआत भएको सन्देश दिए।

पुनर्वास केन्द्रमा होलीको यो दृश्यले परिवर्तनको कथा पनि बयान गरिरहेको थियो। सुरक्षा बल अनि प्रशासनका अधिकारीहरूले पनि यस अवसरलाई शान्ति तथा पुनर्वास नीतिको सफलताको प्रतीकको रूपमा हेरे। दशकौंदेखिको हिंसाको मार झेल्दै आइरहेको बस्तर अञ्चलको लागि यो तस्वीर आशा जगाउने किसिमको छ। स्थानीय अधिकारीहरूको मान्यता छ, कठोर विचारधाराका अनुहार रहिसकेका मानिसहरूले मुख्यधारामा फर्किएर होली मनाउँदा यो समाजको लागि सकारात्मक संकेत हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande