क्रिकेट देशका भावनाहरूसित जोड़िएको उत्सव हो, फाइनलमा जित्नेछ टीम इण्डिया: प्रकाश पाल
क्रिकेट देशका भावनाहरूसित जोड़िएको उत्सव हो, फाइनलमा जित्नेछ टीम इण्डिया: प्रकाश पाल


कानपुर, 08 मार्च (हि.स.)। आईसीसी टी20 वर्ल्ड कपको फाइनल म्याचमा भारत औ न्यूजील्याण्डबीच हुने भिड़न्तपूर्व कानपुरको काकादेवस्थित तुलसी नगरमा क्रिकेट प्रेमीहरूले टीम इण्डियाको जीतको लागि विशेष हवन-पूजन गरे। यसमा भाजपा क्षेत्रीय अध्यक्ष प्रकाश पाल, भाजपा जिल्लाध्यक्ष उत्तर अनिल दीक्षित समेत ठूलो संख्यामा स्थानीय मानिसहरू अनि क्रिकेट प्रेमीहरू उपस्थित थिए।

हवन-पूजन अवधि वैदिक मन्त्रोच्चारणको साथमा खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शन तथा भारतको जीतको कामन गर्दै आहुति दिइयो। श्रद्धालुहरूले प्रार्थना गरे, टीम इण्डियाले फाइनल प्रतिस्पर्धामा न्यूजील्याण्डलाई परास्त गरी देशलाई गौरवान्वित तुल्याउनेछ।

भाजपा क्षेत्रीय अध्यक्ष प्रकाश पालले भने, भारतमा क्रिकेट एउटा खेल मात्र होइन्, कड़ोरौ मानिसहरूको भावनासित जोड़िएको उत्सव हो। भाारतीय टीमले टोर्नामेन्टभरि नै उत्कृष्ट प्रदर्शन गऱ्यो र हामीलाई विश्वास छ, फाइनल खेलमा खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरेर देशलाई जीत दिलाउनेछन्।

जिल्लाध्यक्ष अनिल दीक्षितले भने, देशभरिकै मानिसहरू टीम इण्डियाको जीतको लागि उत्साहित छन्। खेलाड़ीहरूले टोर्नामेन्टमा जसरी प्रदर्शन गरे त्यसबाट देशवासीहरूको आशा झन् बढ़ेको छ। सकारात्मक ऊर्जा औ विजयको कामना गर्दै हवन-पूजनको आयोजन गरिएको छ ताकि भारतीय टीमले मैदानमा सर्वोत्कृष्ट प्रदर्शन गरेर देशको सुनाम फैलाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande