
गुवाहाटी, 08 मार्च (हि.स.)। असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का अध्यक्ष औ सांसद गौरव गोगोईले ने आइतवार आरोप लगाए, राज्यमा हिमन्त बिस्व सरमा नेतृत्वाधिन सरकारमा विकासको लाभ केही विशेष मानिसहरूले मात्र पाएका छन्। गोगोईले सो आरोप एक कार्यक्रममा भाग लिने क्र्रममा मीडियासितको बातचितमा लगाएका हुन्।
पत्रकारहरूसित बातचित गर्दै उनले दाबी गरे, राज्यमा एक विशेष परिवारले मात्र प्रगति गर्न सकेको छ र त्यो परिवारले सारा असममा लगभग 12 हजार बिघा जमीन कब्जा गरेको छ। उनले यो पनि भने, राज्यका मानिसहरू आफ्नो कुरा खुलेर भन्न डराउँछन्।
कंग्रेस नेताले राज्य सरकारका नीतिहरूमाथि प्रश्न गर्दै आरोप लगाए, गाउँहरूमा रक्सी दोकानहरूको संख्या बढ़िरहेको छ भने अर्कोतिर सरकारी स्कूलहरूलाई बन्द गरिँदैछ। उनले भने, असमका जनता अब परिवर्तन चाहन्छन्, मुख्यमन्त्रीलाई पदबाट च्युत पार्न चाहन्छन्। गोगोई अनुसार मुख्यमन्त्रीले कैयौं पटक मुख्यमन्त्री कार्यालयको गरिमालाई घटाएका छन्।
गोगोईले दाबी गरे, कंग्रेसको ‘समोय पोरिबोर्तोनोर’ (परिवर्तनको समय) अभियानलाई जनताको व्यापक समर्थन प्राप्त भइरहेको छ। विधानसभा चुनाउको मिति हाल घोषणा नभए पनि उनले सम्भावना व्यक्त गरे, बोहाग बिहूपूर्व चुनाउ हुनसक्छ।
गौरव गोगोईले बताए, उनलाई जोरहाट विदानसभा सीटबाट कंग्रेस उम्मेद्वार घोषित गरिएको छ र आगामी अप्रेल महिनामा सम्भावित विधानसभा चुनाउलाई मध्यनजर गर्दै उनले माथिल्लो असममा आफ्नो चुनाउ प्रचार अभियान शुरू गरेका छन्। उम्मेद्वार घोषणा भएपछि पहिलो पटक उनी गए शनिवार जोरबाट पुगे।
उनले भने, पार्टीसित लगभग 30 दिनको समय छ जुन अत्यन्त महत्वपूर्ण समय हो। यस अवधि उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई प्रत्येक दिन मानिसहरूको घर-घरमा पुगेर सम्पर्क गर्ने अनि कंग्रेसका नीतिहरूलाई जनतासम्म पुऱ्याउने आह्वान पनि गरे।
विपक्षी गठबन्धनको सन्दर्भमा गोगोईले आशा व्यक्त गरे, विभिन्न दलहरू मिलेर चुनाउ लड़्न सक्नछन्। उनले बताए, तीन वटा पार्टीसित एक संयुक्त संवाददाता सम्मेलन गरिसकिएको छ। आगामी दिनमा सबै दलसित संयुक्त रूपमा प्रचार अभियान संचालन गरिनेछ तथा असमबरि एकसाथ जनसभाहरू आयोजना गरिनेछ।
को लेकर गौरव गोगोई ने उम्मीद जताई कि विभिन्न दल मिलकर चुनाव लड़ सकते हैं। उन्होंने बताया कि तीन पार्टियों के साथ एक संयुक्त
राइजर दलसित सम्बन्धित गठबन्धनको प्रश्नमा उनले भने,अहिले नै आशा मरिहालेको छैन। उनले भने, उनी निराश भएका छैनन् र समय लागे पनि गठबन्धन हुनसक्ने विश्वास छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा