
सिलचर (असम), 08 मार्च (हि.स.)। असमको कछार जिल्लामा पुलिसले ड्रग्सविरूद्ध कारबाही गर्दै लगभग 3.25 कड़ोर रुपियाँको हेरोइन जफत गरेको छ। यस मामिलामा पाँचजना तस्करहरूलाई पनि पक्राउ गरिएको छ। यस आशयको जनकारी मुख्यमन्त्री कार्यालयद्वार आइतवार दिइएको हो।
जानकारी अनुसार यो कारबाही गए शनिवार सिलचर-कलेन रोडमा गरिएको हो। पुलिसले गुप्त सूचनाको आधारमा दुई वटा हुण्डई क्रेटा (एएस-01डीआर-7027) र महिन्द्र बोलेरो (एएस-29-9335)-लाई रोकेर जाँच गऱ्यो जसमा दुवै वाहनभित्र प्रचुर मात्रामा हेरोइन भेटियो जसलाई पछि पुलिसले जफत गऱ्यो।
मुख्यमन्त्री कार्यालयद्वारा सोशल मीडिया प्लेटफर्म एक्समा साझा गरिएको जानकारीमा यो पनि बताइयो, पुलिसले 48 वटा साबुनदानीमा लुकाएर राखिएको 538 ग्राम हेरोइन जफत गऱ्यो जसको अन्तर्राष्ट्रिय बजारमा अनुमानित मूल्य 3.25 कड़ोर रुपियाँ रहेको छ। यस कारबाहीमा पुलिसले पाँचजना तस्करहरूलाई पनि पक्राउ गऱ्यो। यी आरोपीहरूबाट पुलिसले छःवटा मोबाइल फोन जफत गरेको छ। यी फोनहरूको माध्यमबाट पुलिसले ड्रग्स तस्करीको नेटवर्कसित सम्बन्धित महत्वपूर्ण जानकारीहरू जुटाइरहेको छ।
असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले यस सफल अपरेशनको लगि पुलिस टीमको सराहना गरेका छन्। उनले भने, राज्य सरकार नशालु पदार्थविरूद्ध आफ्नो लड़ाईँलाई अझ तीव्रता दिनेछ।
पुलिस अनुसार राज्यमा ड्रग्स विरोधी अभियान कुनै किसिमको सम्झौता बिनै जारी रहनेछ अनि सरकारको लक्ष्य असमलाई ड्रग्स मुक्त बनाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा