
शोणितपुर (असम), 08 मार्च (हि.स.)। सामाजिक जिम्मेवारीहरूलाई मध्यनजर गर्दै असमको शोणितपुर जिल्लाको बालिपारास्थित फुलबारीमा आइतवार आयोजितसामूहिक विवाह समारोहमा150 जोड़ीविवाहकोअटुट बन्धनमा बाँधिए।
सामूहिक विवाह कार्यक्रम धर्म जागरण समन्वय (नर्थइस्ट यूनिट)-लेलोक कल्याण औजन कल्याण संस्थाहरूसित मिलेर संयुक्त रूपमा आयोजना गरेको थियो जसमा बालिपारार रंगापाराकास्थानीयमानिसहरूले पनि सहयोग गरेका थिए।यस भव्य समारोहमा विभिन्न क्षेत्रका मानिसहरू कार्यक्रमको आनन्द लिन तथा जोड़ीहरूलाई आशीर्वाद दिनका लागि आएका थिए। आयोजकहरूले भने, यस कार्यक्रमकोउद्देश्य सामाजिक भलाईलाई प्रोत्साहित गर्नु तथा आर्थिक रूपमा कमजोर परिवारहरूलाई उनीहरूको विवाहको परम्परा इज्जतको साथमा पूरा गर्नमा सहयोग गर्नुथियो।
यस पहलकोउद्देश्य ती जोड़ीहरूलाई सहयोग गर्नु थियो जो पैसा तथा अन्य समस्याहरूको कारणले आफ्नो विवाह गर्न सकिरहेका थिएनन्। पारम्परिक रिती-थिती अनुसार 150 जोड़ी विवाहको अटुट बन्धनमा बाँँधिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा