भाजपाको ‘परिवर्तन यात्रा’-लाई लिएर तयारी द्रूत गतिमा
भाजपाको ‘परिवर्तन यात्रा’-लाई लिएर तयारी द्रूत गतिमा


जलपाईगुड़ी, 07 मार्च (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)- को प्रस्तावित ‘परिवर्तन यात्रा’-लाई लिएर जिल्लाको राजगञ्ज विधानसभा क्षेत्रमा द्रूत गतिमा तयारी भइरहेको छ। विभिन्न क्षेत्रमा पार्टीको झण्डा, फ्लेक्स तथा फेस्टुनहरू टाँसिँदैछ। मुख्य चौरस्ता तथा सड़कहरूलाई भाजपाका ब्यानर अनि झण्डाहरूले सजाइँदैछ।

भाजपाका राजगञ्ज ब्लक कन्भेनर निताई मण्डलको नेतृत्वमा तालमा, फाटापुकुर, हात्तीमोड़ औ गोंडारमोड़ समेत केही क्षेत्रहरूमा पार्टीको झण्डा लगाउने काम भइरहेको छ। यस तयारीमा पार्टी कार्यकर्ता तथा समर्थकहरूले सक्रिय रूपमा भाग लिरहेका छन्।

भनिन्छ, कुचबिहारदेखि शुरू भएको भाजपाको परिवर्तन यात्रा सोमवार जलपाईगुड़ी जिल्लाको राजगञ्ज विधानसभा क्षेत्रमा प्रवेश गर्नेछ। यस अवमें प्रवेश करेगी। इस मौसरमा तालमा र गंडारमोड़ दुई वटा स्थानमा जनसभाहरू आयोजना गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande