बाल विवाहलाई रोक्नको लागि राज्यभरि नै सचेतनामूलक अभियान
बाल विवाहलाई रोक्नको लागि राज्यभरि नै सचेतनामूलक अभियान


कोलकाता, 08 मार्च (हि. स.)। बाल विवाहविरूद्ध जागरूकता फैलाउने उद्देश्यले पश्चिम बंगालमा संचालित ‘बाल विवाह मुक्ति रथ’ अभियान अन्तरराष्ट्रिय महिला दिवसको अवसर आइतवार सम्पन्न भयो। यस अभियान अन्तर्गत रथले राज्यभरि नै 27 हजार 55 किलोमीटरको यात्रा गरेर 02 हजार 567 गाउँहरूको भ्रमण गऱ्यो भने 10 लाख 57 लाख 150 भन्दा अधिक मानिसहरूसम्म बाल विवाह मुक्त समाजको सन्देश पुऱ्यायो।

यो अभियान ‘जस्ट राइट्स फर चिल्ड्रेन’- द्वारा भारत सरकारको ‘बाल विवाह निर्मूल गर्ने सय दिने गहन अभियान’ अन्तर्गत संचालन गरिएको थियो।

यस अभियान अन्तर्गत देशभरि नै 5 सयभन्दा अधिक ‘बाल विवाह मुक्ति रथ’ विभिन्न राज्यहरूमा पठाइएको थियो जसले समुदायहरूलाई बाल विवाह विरोधी कानून तथा यसको दुष्परिणाम बारे जागरूक गरायो। जस्ट राइट्स फर चिल्ड्रेन बाल संरक्षण औ बाल अधिकारहरूको क्षेत्रमा काम गर्ने देशको सबैभन्दा विशाल नेटवर्कमध्ये एक हो जसको 250 वटा भन्दा अधिक सहयोगी संगठनहरू छन् जसमध्ये 14 वटा पश्चिम बंगालमा कार्यरत छन्।

राज्यमा यस अभियानले विभिन्न वर्गहरूबाट व्यापक समर्थन पायो। राजनीतिक दलहरूका प्रतिनिधि, महिला सर्वाइवर, सामाजिक संगठन, पुलिसकर्मी औ धार्मिक नेता एकजुट भएर बाल विवाहलाई निर्मूल पार्ने संकल्प लिएर अगाड़ि आए। कोलकातामा पछिल्लो महिना पश्चिम बंगालकी महिला एवं बाल विकास तथा सामाजिक कल्याण मन्त्री डा. शशि पाञ्जाले यस रथलाई हरियो झण्डी देखाएर प्रस्थान गराएकी थिइन्।

एक महिनासम्म चलेको यस अभियान अवधि रथले विभिन्न स्कूल, ग्राम सभा, धार्मिक स्थल तथा ऐतिहासिक स्थानहरूको भ्रमण गऱ्यो। यस अवधि 827 कार्यक्रमहरू आयोजना गरियो जसमा ऱ्याली, नुक्कड़ नाटक, शपथ समारोह, सांस्कृतिक कार्यक्रम औ बाल विवाहबाट प्रभावित मानिसहरूको कथाहरूको प्रस्तुति सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande