उपमुख्यमन्त्रीले जम्मू-कश्मीरका विद्यार्थीहरूलाई ईरानबाट सुरक्षित ल्याउने भरोसा दिलाए
उपमुख्यमन्त्रीले जम्मू-कश्मीरका विद्यार्थीहरूलाई ईरानबाट सुरक्षित ल्याउने भरोसा दिलाए


जम्मू, 08 मार्च (हि.स.)। उपमुख्यमन्त्री सुरिन्दर चौधरीले आइतवार भने, सरकार ईरानमा फसेका जम्मू-कश्मीरका विद्यार्थीहरूको स्थितिमाथि नियालेर नजर राखिरहेको छ। सरकारले प्रभावित क्षेत्रहरूमा रहेका विद्यार्थी तथा अन्य भारतीय नागरिकहरूको सुरक्षालाई लिएर अधिकारीहरूसित लगातार सम्पर्क गरिरहेको छ।

पत्रकारहरूसित बातचित गर्दै चौधरीले भने, स्थितिमा सुधार आउनसाथ सरकारले उनीहरूलाई त्यहाँबाट निकाल्नको लागि कदम उठाउनेछ। खेलमाथि टिप्पणी गर्दै उपमुख्यमन्त्रीले धेरै वर्षपछि रणजी ट्रफी जितेकोमा जम्मू-कश्मीरको क्रिकेट टीमलाई बधाई दिए। उनले भने, यस उपलब्धि ले सम्पूर्ण क्षेत्रलाई गौरवान्वित तुल्याएको छ र यसले जम्मू-कश्मीरमा खेलहरूको बढ़्दो शक्तिलाई पनि दर्शाउँछ। हामीलाई आशा छ, भारतले टी-20 विश्व कप पनि जित्नेछ। हाम्रो देश खेलहरूमा अगाड़ि बढ़िरहेको छ। धेरै वर्षपछि रणजी ट्रफी जित्नु सबैको लागि गर्वको क्षण हो।

उनले यो पनि भने, मुख्यमन्त्री उमर अब्दुल्लाले उनीहरूको उपलब्धिलाई सम्मान गर्नका लागि 9 मार्चमा टीमको लागि रात्रिभोजको व्यवस्था गरेका छन्। उपमुख्यमन्त्रीले भने, उमर अब्दुल्ला नेतृत्वाधिन सरकार मानिसहरूसित गरिएको वाचालाई पूरा गर्न प्रतिबद्ध छ र जनता सामु आइलाग्ने कठिनाईहरूलाई कम गर्नको लागि काम गर्न जारी राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande