
-केजीएमयूका 120 छात्राहरूलाई एचपीभीको खोप लगाइयो
लखनऊ, 08 मार्च (हि.स.)। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जन भवन, लखनऊमा किंग जर्ज चिकित्सा विश्वविद्यालय, लखनऊका एम0बी0बी0एस0 एवं बी0डी0एस0-का 120 जना छात्राहरूलाई सर्भाइकल क्यान्सरदेखि बचाउनको लागि निःशुल्क एच0पी0भी0 खोपको पहिलो डोज लगाइयो।
यस अवसरमा राज्यपालले उपस्थित सबै छात्राहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक बधाई अनि शुभकामना दिइन्। उनले भनिन्, आजको दिनलाई महिलाहरूको सम्मानको लागि अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ। समाजमा यस्तो कुनै दिन नहोस् जतिबेला महिलाहरूलाई कठिनाई वा सुरक्षाको सामना गर्न परोस् र हामी उनीहरूको साथमा उभिएको नहोस्।
राज्यपालले भनिन्, एकजना चिकित्सकको रोगीप्रति व्यवहार अत्यन्त महत्वपूर्ण हुन्छ। यदि डाक्टरले रोगी तथा उसको परिवारसित संवेदनशीलताले सम्वाद गरे तथा उसको स्थितिप्रति सहानुभूति व्यक्त गरे यो रोगीको शीघ्र स्वास्थ्य लाभमा सहायक साबित हुन्छ।
आनन्दीबेन पटेलले बताइन्, तीन वर्षपूर्व एच0पी0वी0 खोपको पहल सबैभन्दा पहिला जन भावनाबाट प्रारम्भ गरिएको थियो जहाँ जनभवन कर्मीहरूका बालिकाहरूलाई एच0पी0भी0 खोपको तीन डोज दिइएको थियो। त्यसपछि कर्पाेरेट सोशल रिस्पन्सिबिलिटी (सीएसआर)-को सहयोगमा उत्तर प्रदेशमा व्यापक स्तरमा एच0पी0भी0को खोप अभियान संचालन गरिँदै आएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा