आदिवासी अस्मिता संस्कृतिको वकालत गर्ने मुख्यमन्त्री हेमन्त राष्ट्रपतिको अपमान हुँदा किन मौन छन्ः आदित्य साहु
आदिवासी अस्मिता संस्कृतिको वकालत गर्ने मुख्यमन्त्री हेमन्त राष्ट्रपतिको अपमान हुँदा किन मौन छन्ः आदित्य साहु


राँची,08 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश अध्यक्ष एवं सांसद आदित्य साहुले पश्चिम बंगालमा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा संवैधानिक प्रोटोकल अनुपालन नगरिएको, राष्ट्रपतिलाई अपमानित गरिएकोमा निन्दा गरेका छन्।

साहुले गए शनिवार अबेर राती प्रेस विज्ञप्ति जारी गरी भने, यो अपमान सारा राष्ट्रको अपमान हो, जनजाति समाजको गौरव तथा प्रतिष्ठाको अपमान हो।

उनले भने, आज पश्चिम बंगालकी मुख्यमन्त्रीले राजनीतिक मर्यादाहरूलाई छिन्न-भिन्न बनाएकी छन्।हार कहिल्यै भएको थिएन।यस्तो लाग्छ कि ममता ब्यनर्जीले मनसिक सन्तुलन गुमाएकी छन्।

साहुले भने, दुर्भाग्यपूर्ण स्थिति यो पनि छ कि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन जसले आफूलाई आदिवासी समाजको अगुवा ठान्दछन्,-ले एकजना सन्थान समाजकी छोरीको अपमानमा मौनता अङ्गालेका छन्। उनले भने, झारखण्डको जनजाति समाजले यसलाई कहिल्यै सहन गर्नेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande