राष्ट्रपतिसित गरिएको ममता ब्यनर्जी र बंगाल सरकारको व्यवहार अत्यन्त निन्दनीय तथा लज्जास्पद छ- बाबूलाल
राष्ट्रपतिसित गरिएको ममता ब्यनर्जी र बंगाल सरकारको व्यवहार अत्यन्त निन्दनीय तथा लज्जास्पद छ- बाबूलाल


राँची, 08 मार्च (हि.स.)। झारखण्डका पूर्व मुख्यमन्त्री एवं नेता प्रतिपक्ष बाबूलाल मराण्डीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी तथा बंगाल सरकारद्वारा राष्ट्रपतिसित गरिएको व्यवहारको कड़ा निन्दा गरेका छन्।

मराण्डीले गए शनिवार राती सोशल मीडिया एक्समा लेखेका छन्, पश्चिम बंगालको दार्जलिंगमा आयोजित 9औं अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन अवधि सन्थाल आदिवासी समाजकी छोरी एवं राष्ट्रपति द्रौपदी मुर्मूसित गरिएको पश्चिम बंगाल सरकारको व्यवहार अत्यन्त दुर्भाग्यपूर्ण एवं निन्दनीय छ।

उनले भने, देशको सर्वोच्च संवैधानिक पदमा आसिन व्यक्तिप्रति यस किसिमको व्यवहार प्रोटोकलको उल्लंघन मात्र नभएर यसले आदिवासी समाजको भावनालााई पनि ठेस पुऱ्याउँछ। राष्ट्रपतिका शब्दहरूमा जुन पीड़ा तथा असहजता झल्किरहेको थियो, त्यो सारा देशले महसूस गऱ्यो।

उनले भने, ममता दिदी, राजनीति आफ्नो ठाउँमा छ, तर राष्ट्रको सर्वोच्च पद र त्योसित जोड़िएको प्रोटोकोलको सम्मान हरेक राज्य सरकारको जिम्मेवारी हो। तपाईबाट अपेक्षा थियो कि तपाईले लोकतान्त्रिक मर्यादा, संवैधानिक पदहरूको सम्मान औ शिष्टाचारको पालना सुनिश्चित गर्नुहुनेछ, तर तपाईले सत्ताको अहंकारमा राष्ट्रपति पदको गरिमा तथा सन्थाल आदिवासी समाजलाई अपमानित गर्ने काम गर्नु भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande