
कोलकाता, 08 मार्च (हि.स.)। भान्सा ग्यासको मूल्य वृद्धिको विरोधमा तृणमूल कंग्रेसका महिला नेताहरूले कालो वस्त्र लगाएर आइतवार कोलकातामा भाँड़ा-वर्तन बजाएर विरोध प्रदर्शन गरे।
आइतवार बिहान सबैभन्दा पहिला कोलकाताको सुभाष मल्लिक स्क्वायरमा राज्यका मन्त्रीद्वय शशि पाञ्जा औ चन्द्रिमा भट्टचार्यको नेतृत्वमा विरोध प्रदर्शन गरियो। यस अवधि सांसद माला राय र विधायक नैना ब्यनर्जी सहित केही तृणमूल नेता-कार्यकर्ताहरू उपस्थित थिए। पछि सबै नेताहरूले धर्मतलास्थित मुख्यमन्त्रीको धरना मञ्चमा पुगेर भर्खरै केन्द्र सरकारद्वारा प्रतिसिलेण्डर 60 रुपियाँ बढ़ाइएको विरोधमा भाँड़ा-वर्तनहरू बजाएर विरोध प्रदर्शन गरे। बिहान लगभग 10 बजे ममता ब्यनर्जी धरना मञ्चमा पुगिन्।
उल्लेखनीय छ, धर्मतलाको मेट्रो च्यानलमा आयोजित तृणमूल कंग्रेस प्रमुख औ मुख्यमन्त्री ममता ब्यनर्जीको धरना आइतवार तेस्रो दिन पनि जारी रह्यो। उनी मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) -को विरोधमा गत शुक्रवारदेखि नै धरनामा बसेकी छन्। तृणमूल नेताहरूको भनाइ छ, पश्चिम एशियामा जारी युद्ध जस्तो परिस्थितिबीच ग्यासको मूल्यमा अचानक गरिएको वृद्धिले आम मानिसहरूमाथि अतिरिक्त आर्थिक बोझ परेको छ। यसैको विरोधमा पार्टीद्वारा यस्तो प्रदर्शन गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा