भाजपा विधायक बिमान घोषविरूद्ध एफआईआर, विधायकले आईप्याकको षड़यन्त्र बताए
भाजपा विधायक बिमान घोषविरूद्ध एफआईआर, विधायकले आईप्याकको षड़यन्त्र बताए


हुगली, 08 मार्च (हि.स.)। पुरसुराका भाजपा विधायक बिमान घोषविरूद्ध स्थानीय थानामा आर्थिक धोकाधड़ीको सिकायत दर्ता भएको छ। तथापि विधायक घोषले यस सम्पूर्ण मामिलालाई नक्कली बताउँदै यसलाई आईप्याकको षड़यन्त्र बताएका छन्।

आइतवार बिहान भाजपा विधायक घोषले हिन्दुस्थान समाचार- सित भने, सम्पूर्ण प्रकरण जाली हो। सिकायतकर्ताले आईप्याकका मानिसहरूसित मिलेर एक षड़यन्त्र अन्तर्गत मेरो छविलाई धमिलो बनाउने चेष्टा गरिरेहको छ। मैले पनि सिकायत गर्नेहरूविरूद्ध मानहानिको मुद्दा दर्ता गराएको छ।

वास्तवमा गए शनिवार सुशान्त सरकार नामक व्यक्तिले पुरसुराका विधायकमाथि थानामा आर्थिक प्रताड़ना सिकायत दर्ता गराएका छन्।

सिकायतकर्ताले आरोप लगाए, वर्ष 2020- को शुरुमा बिमान घोषले तिनीबाट तीन लाख रुपियाँ लिए, तर बारम्बार पैसा फिर्ता गर्ने माग गर्दा पनि विधायकले पैसा फर्काइरहेका छैनन्। त्यसैले उनले यस मामिलामा पुलिससित हस्तक्षेप गर्ने माग गरेका छन्। सिकायतकर्ताले भने, उनी स्वामी असिमानन्दका भाइ हुन् र उनी चाहन्छन् भाजपाले स्वच्छ छवि भएका मानिसहरूलाई नै आफ्नो उम्मेद्वार बनाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande