
जम्मू, 8 मार्च (हि.स.)। एकजना वरिष्ठ पुलिस अधिकारीले शान्ति भंग गर्ने राष्ट्रविरोधी तत्वहरूको प्रयासलाई विफल बनाउनको लागि जम्मू-कश्मीरको हिमाली जिल्लामा गहन निगरानी राख्ने निर्देश दिएका छन् जसमा पर्टक तथा धार्मिक स्थानहरूमा विशेष ध्यान दिइएको छ।
एकजना पुलिस प्रवक्ताले आइतवार बताए, वरिष्ठ पुलिस अधीक्षक (एसएसपी), डोडा, सन्दीप मेहताले एक सुरक्षा समीक्षा बैठकको अध्यक्षता गरिरहेका थिए जसमा जिल्लाका सबै अतिरिक्त पुलिस अधीक्षक, पर्यवेक्षी अधिकारी, स्टेशन हाउस अधिकारी औ पुलिस चौकीहरूका प्रभारीगण उपस्थित थिए। उनले भने, एसएसपीले अल्पसंख्यक बसोबार गर्ने क्षेत्रहरू सहित सम्पूर्ण क्षेत्रमा कड़ा सतर्कताको आवश्यकतामाथि बल दिए।
उनले अधिकारीहरूलाई पर्यटक स्थलहरू, धार्मिक स्थानहरू, महत्वपूर्ण प्रतिष्ठानहरू तथा चिन्हित हटस्पटहरूमाथि विशेष ध्यान दिनको साथै निगरानीलाई तीव्रता दिने, पैदल गस्ती बढ़ाउने अनि लामो-छोटो दुवै दूरत्वको गस्तीलाई तैनाथ गर्ने रणनीतिक स्थानहरूमा छड़्के जाँच बिन्दुहरूको स्थापना गर्ने तथा राष्ट्र विरोधी र असामाजिक तत्वहरूद्वारा सृजित कुनै पनि व्यवधानलाई रोक्नको लागि प्रभावकारी क्षेत्र प्रभुत्व संचालन गर्ने निर्देश दिए।
एसएसपीले मानिसहरू अनुकूल पुलिसिंगमाथि बल दिँदै अधिकारीहरूलाई सक्रिय क्षेत्र प्रभुत्वको माध्यमबाट संदिग्ध सहयोगीहरूका गतिविधिहरूमाथि कड़ा निगरानी राख्दै आतंकवादी पारिस्थितिकी तन्त्रका अवशेषहरूलई निमिट्यान्न पार्ने निर्देश दिए। मेहताले अधिकारीहरूलाई एनडीपीएस मामिला एवं गाई जातीय तस्करीमा सामेल अपराधीहरूविरूद्ध कठोर कारबाही गर्ने अनि आदतले नै अपराधीहरूविरूद्ध सम्पत्ति कुर्की गर्ने कारबाही शुरू गर्ने निर्देश समेत दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा