तरूणका दोषीहरूको आत्म काँप्ने कारबाही होस्ः स्वाति मालिवाल
तरूणका दोषीहरूको आत्म काँप्ने कारबाही होस्ः स्वाति मालिवाल


-स्वाति मालिवालले उत्तम नगरमा मृतक तरुणको परिवारजनसित गरिन् भेट

नयाँ दिल्ली, 08 मार्च (हि.स.)। राज्यसभा सदस्य स्वाति मालिवालले आइतवार दिल्लीको उत्तम नगरस्थित मृतक तरुणको घरमा पुगेर तिनका रिवारजनसित भेट गरिन् अनि परिवारलाई न्याय दिलाउने भरोसा दिलाइन्। यस अवधि उनले भनिन्, यस मामिलाका दोषीहरूमाथि यस्तो कड़ा कारबाही हुनुपर्छ जसबाट समाजमा कड़ा सन्देश जाओस्। उनले भनिन्, यो घटना अत्यन्त दुःखदायी तथा हृदय नै छिया-छिया पार्ने किसिमको छ।

स्वाति मालिवालले सोशल मीडिया प्लेटफर्म एक्सको पोस्टमा लेखिन्, होलीको दिन अत्यन्त निर्दयता पूर्वक राक्षसहरूले उनको घरको छोराको हत्या गरिदिए। परिवारले न्यायको माग गरिरहेको छ र उनीहरूले न्याय पाउनुपर्छ। उनले भनिन्, फकुण्डोको केही छिटा लागेको जस्तो सामान्य कुरालाई धार्मिक मुद्दा बनाएर तरूण र उसको परिवारमाथि निर्दयता पूर्वक हमला गरियो।

स्वाति मालिवालले भनिन्, न्यायको यस लड़ाईँमा उनी पीड़ित परिवारको साथमा अन्तिम समयसम्म रहनेछन् अनि दोषीहरूलाई कड़ा सजाय दिलाउनको लागि हरसम्भव प्रयास गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande