
बेलदा, 08 मार्च (हि.स.)। बेलदाको अर्जुनी क्षेेत्रमा गए शनिवार राती भएको एक सड़क दुर्घटनामा एकजना मोटरसाइकल सवारको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान आलोक गिरीको रूपमा भएको छ जो बेलदाकै आचार्य जगदीश चन्द्र पल्लि निवासी थिए।
प्राप्त जानकारी अनुसार बेलदा तर्फ गइरहेको एक द्रूत गतिको बसले मोटरसाइकलाई ठक्कर दियो। यस भयानक ठक्करले मोटरसाइकल उछिटिएर बस अगाड़ि सड़कमा पल्टियो जसमाथि बस चढ़्यो। घटना बारे जानकारी पाउनसाथ बेलदा थाना पुलिस घटनास्थलमा पुग्यो अनि एम्बुलेन्स मार्फत दुर्घटनाग्रस्त व्यक्तिलाई बेलदा सुपर स्पेशलिटी अस्पतालमा पठाइदियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइएको छ जहाँ आइतवार पोस्टर्टम हुनेछ।
यस दुर्घटनाको कारणले बेलदा राष्ट्रिय राजमार्गमा लामो समयसम्म यातायात बाधित रह्यो। पुलिसले कड़ा परिश्रम गरेर यातायातलाई सामान्य बनायो।
हालैमा दोल यात्रा अवधि नारायणगढ़ पुलिस प्रशासनद्वारा सड़क सुरक्षा कार्यक्रम आयोजना गरिएको थियो तथापि यस किसिमको दुर्घटनाहरूले रोकिने नाम लिरहेको छैन जसबाट स्थानीय मानिसहरूमा सड़क सुरक्षालाई लिए चिन्ता बढ़ेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा