विष्णुपुरमा ग्यासको मूल्य वृद्धि विरूद्ध महिलाहरूको अनौठो प्रदर्शन
विष्णुपुरमा ग्यासको मूल्य वृद्धि विरूद्ध महिलाहरूको अनौठो प्रदर्शन


बाँकुड़ा, 08 मार्च (हि.स.)। भान्सा ग्यासको लगातार बढ़्दो मूल्यविरूद्ध अब ग्रामीण तथा शहरी क्षेत्रहरूमा पनि विरोधको नयाँ शैली देख्न पाइँदैछ। यसै क्रममा आइतवार विष्णुपुरमा महिला तथा स्थानीय मानिसहरूले सड़कमा माटोको चुला बालेर थाली बजाउँंदै अनौठो विरोध प्रदर्शन गरे।

प्रदर्शनकारीहरूले शहरको एक व्यस्त मोड़मा भेला भएर माटोको चुला बनाए अनि सुक्खा पत्ता र दाउरा बालेर खाना पकाउने प्रतीकात्मक प्रदर्शन गरे। छेउमा भान्सा ग्यासको सिलेण्डर राखेर त्यसलाई माला लगाइदिए जसबाट यो सन्देश दिइयो कि महँगो ग्यास अब आम मानिसहरूको लागि ‘सजावटको वस्तु’ मात्र बन्दै गइरहेको छ।

प्रदर्शन अवधि केही महिलाहरू तृणमूल कंग्रेसको झण्डा बोकेर पनि सामेल भए। उनीहरूले ग्यास सिलेण्डरको बढ़्दो मूल्यमाथि लेखिएको पोस्टर देखाएर विरोध गरे। प्रदर्शनमा महिलाहरूले नारा लगाए—“काके भोट देवो काका, गैसेर दाम हजार टका” (कसलाई भोट दिन्छौं काका, ग्यासको दाम हजार रुपियाँ) औ “ग्यास होइन सुन हो क्या?”

प्रदर्शनकारी महिलाहरूको भनाइ थियो, भान्सा ग्यासको मूल्य हजार रुपियाँभन्दा अधिक भएकोले मध्यमवर्गीय तथा निम्न मध्यमवर्गी परिवारमाथि ठूलो आर्थिक बोझ थपिएको छ।

प्रदर्शनकारी श्यामली घोषले भनिन्, पहिला एउटा सिलेण्डरबाट एक महिना चल्थ्यो, तर अब यसको मूल्य चुकाउनु पनि गाह्रो भइरहेको छ। यदि यस्तै स्थिति जारी रहे मानिसहरू फेरि दाउरा पा पत्ताहरूले खाना पकाउन बाध्य हुनेछन्।

प्रदर्शनकारीहरूले केन्द्र सरकारसित ग्यासमाथि सब्सिडी बढ़ाउने र मूल्य घटाने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande