क्रामकापाद्वारा ११६औं अन्तरराष्ट्रिय नारी दिवस पालन
क्रामकापाद्वारा ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस पालन


क्रामकापाद्वारा ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस पालन


दार्जिलिङ, 08 मार्च (हि.स.)। क्रामाकपा कार्यालयमा आज ११६औं अन्तरराष्ट्रिय नारी दिवस नीलम राई र छेसाङ तामाङको अध्यक्षतामा पालन गरियो। क्रामाकपा अधीनस्थ गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाले पार्टी स्थापनाकालदेखि नै अन्तरराष्ट्रिय मलिला दिवस मनाउँदै आइरहेको छ।

कार्यक्रमका प्रमुख अतिथि क्रामाकपा शीर्षस्थ कमिटीका अध्यक्ष आरबी राई उपस्थित थिए। प्रमुख अतिथि राईले आफ्नो सम्बोधनमा नारी जगतको विगतकालीन अवस्था अनि वर्तमान अवस्थामाथि प्रकाश पारे। उनले पहिले नारीहरुसॅंग पशु सरह व्यवहार गर्ने चलन थियो भने आज देशको राष्ट्रपति र राज्यकी मुख्यमन्त्री एक महिला रहेको बताए। उनले अन्य विविध क्षेत्रहरूमा नारीहरुले गरिरहेका उल्लेखनीय कार्यहरूको प्रशंसा गरे।

उनले गक्रानामोलाई सुझाउ दिँदै भने, 'यस्ता नारीहरुलाई समाजमा सम्मानित गरिनु पर्छ, जसद्वारा नै समाजमा साँचो क्रान्तिको शुरुवात हुनेछ। तर, नारीहरू अझै पनि पूर्णरूपमा जागृत भइसकेको छैन, किनकि हालै देशकी प्रथम नागरिक राष्ट्रपति पश्चिम बङ्गालको भ्रमणमा आउँदा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शिष्टाचार भेटघाटसम्म नगर्नुले यस विषयलाई पुष्टि गरेको छ।'

कार्यक्रमको महत्वपूर्ण अर्को विषयको रूपमा गत ९ र १० फरवरी, २०२६ का दिन अर्जुन थापाको संयोजकत्वमा जन्तर मन्तर दिल्लीमा धरना कार्यक्रममा सहभागी हुने क्रान्तिकारी सदस्य सदस्याहरुलाई अध्यक्ष राईको बाहुलीबाट अभिनन्दन पत्र अर्पण गरियो।

कार्यक्रमलाई गक्रानामो केन्द्रिय सचिवा सन्जिला घिसिङ र केन्द्रिय अध्यक्ष बिन्द्या गोतामीले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande