
गान्तोक, 08 मार्च (हि.स.)। अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारेले जिल्ला प्रशासनिक केन्द्रबाट महिलाहरूको बाइक ऱ्यालीलाई झण्डा हल्लाएर प्रस्थान गराए। ऱ्यालीको आयोजना वुमन राइडर्स अफ् सिक्किमले गान्तोक जिल्ला प्रशासनिक केन्द्र र एक्सर हेल्मेट्सको सहयोगमा गरेको थियो।
यस पहलको आयोजना सडक सुरक्षालाई प्रवर्द्धन गर्नु र मोटरसाइक्लिङको क्षेत्रमा महिला सशक्तिकरणलाई उजागर गर्नु रहेको बताइएको छ। ऱ्यालीमा 30 जना महिला राइडर्सको उत्साहजनक सहभागिता थियो, जसलाई यस क्षेत्रमा महिलाहरूको बढ्दो उपस्थिति र आत्मविश्वासको रूपमा हेरिएको छ।
जिल्लापालले र्यालीलाई प्रस्थान गराउॅंदै शुभकामना दिए र राइडरहरूलाई सडक सुरक्षा प्रवर्द्धन गर्न जारी राख्न प्रोत्साहित गरे। जिल्ला प्रशासनिक केन्द्रबाट शुरू भएको ऱ्याली पाकिम जिल्लाको पर्यटन सुविधा केन्द्र प्रस्थान भयो।
हिन्दुस्थान समाचार / बिशाल