
मुम्बई, 08 मार्च (हि.स.)। महारष्ट्रको वर्धा जिल्लामा एकजना युवतीलाई नोकरी दिलाउने प्रलोभन देखाएर उसित दुष्कर्म गरेको मामिलामा पुलिसले एकजना बुजुर्गलाई पक्राउ गरेको छ। पुलगाउँ पुलिस स्टेशनको टीमले यस मामिलामा गहन अनुसन्धान गरिरहेको छ।
यस घटनाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीले बताए, पक्रा पर्ने आरोपीको पहिचान दिवाकर गामे (78)- को रुपमा गरिएको छ। आरोपीविरूद्ध पुलगाउँ पुलिस स्टेशनमा पोक्सो एक्ट तथा अन्य गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस मामिलामा पीड़िताले पुलिसलाई बताई, आरोपीले वर्ष 2022- मा नोकरी दिलाउने प्रलोभन देखायो। त्यसपछि उसित दुष्कर्म गर्दै आइरहेको थियो। तीन दिनअघि मात्र आरोपीले युवतीको मोबाइलमा अश्लील भीडियो र फोटो पठाएको थियो जसबाट पीड़िता मानसिक दबावमा परी। गए शनिवार पुलगाउँ पुलिस स्टेशनमा सिकायत दर्ता गराइएको थियो। त्यसपछि पुलिसले बितेको राती आोपीलाई पक्राउ गरेको छ। पुलिसले आरोपीको मोबाइल पनि जफत गरी अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा