
मुम्बई, 08 मार्च (हि.स.)। महाराष्ट्रको पुणे जिल्लाको गुलटेकड़ी स्थित मीनाताई ठाकरे कोलोनीमा हिजो राति भएको गोलीबारीपछि मार्केट यार्ड पुलिस थानाले पाँच जनालाई पक्राउ गरेको छ। पुलिसले यस विषयमा गहन अनुसन्धान गरिरहेको छ।
मार्केट यार्ड पुलिस थानाका वरिष्ठ पुलिस निरीक्षक विश्वजीत जगतापले आइतवार बताए, शनिवार राति मीनाताई ठाकरे कोलोनीमा केही व्यक्तिहरूले गोली चलाएर भागे। गोलीबारीबाट एक जनालाई गोली लागेको थियो। घटनामा घाइते भएका मुसा शेखापुरे उर्फ मोज्या (22) लाई तुरुन्तै नजिकैको अस्पताल लगियो। उनको ढाड़मा गोली लागेको छ। त्यसपछि सीसीटीभी फुटेजको मद्दतले पुलिसले पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ।
उनीहरूको पहिचान बालाजी उमाप (22), साहिल चव्हाण (20), राजु उमाप (55), शुभम दिलीप पवार (20) र आनन्द उमाप (22) को रूपमा गरिएको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी