
खरसाङ, 08 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको धारावाहिक कार्यक्रम अन्तर्गत नरबुङ र सिपाहीधुरामा बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ। यस क्रममा तीनधारे महानदी समष्टिको बुथ नम्बर 245 नरबुङ चियाबारीमा बुथ सभापति प्रणय देवानको अध्यक्षतामा सम्पन्न भयो।
सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्बोधन गरेका थिए। सभामा बुथ नम्बर 245 नरबुङ चियाबारीमा बुथ स्तरीय चुनाव कमिटी गठन गरियो।
यस कमिटीमा मुख्य संयोजक रमेश प्रधान, सातवटा गाउँका सातजना सह संयोजकहरु र कोषाध्यक्षमा अवतार राई लगायत 45 जनाको बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ। त्यसरी नै बुथ नम्बर 246 सिपाहीधुरामा पनि सभा सम्पन्न भयो। उक्त सभा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानको अध्यक्षता सम्पन्न भयो।
सभालाई क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, समष्टिको सांगठनिक सचिव सीबी राई, युवा शक्ति समष्टि सभापति केवल राई आदिले सम्बोधन गरेका थिए। सभामा बुथ नम्बर 246 सिपाहीधुरामा बुथ स्तरीय चुनाव कमिटी गठन गरियो।
यस कमिटीमा मुख्य संयोजक उपदेश राई, छजना सह संयोजकहरु र कोषाध्यक्षमा सबीर प्रधान लगायत 45 जनाको कमिटी गठन गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक