पञ्जाबमा प्रत्येक परिवारले दश लाखसम्मको निशुल्क उपचार पाउने, दुई हजार कड़ोर आवन्टित
पञ्जाबमा प्रत्येक परिवारले दश लाखसम्मको निशुल्क उपचार पाउने, दुई हजार कड़ोर आवन्टित


चण्डीगढ़, 08 मार्च (हि.स.)। पञ्जाब सरकारले राज्यको प्रत्येक परिवारलाई दश लाख रुपियाँसम्मको हेल्थ इन्श्योरेन्स कभर प्रदान गर्नेछ। यसको लागि बजटमा दुई हजार कड़ोर रुपियाँको प्रावधान राखिएको छ।

वित्त मन्त्री हरपाल चिमाले आइतबार बजटमा मुख्यमन्त्री स्वास्थ्य योजना शुरू गर्ने घोषणा गर्दै भने, पञ्जाबको प्रत्येक परिवारले 900 भन्दा अधिक सरकारी औ सूचीबद्ध अस्पतालहरूमा दश लाख रुपियाँसम्मको क्याशलेस उपचार गराउन सक्नेछ। बजट भाषणमा चिमाले भने, यस योजनाभित्र पञ्जाबका 65 लाख परिवार पर्नेछन्। उनले भने, प्रदेशमा आम आदमी क्लीनिकको द्रूत गतिमा प्रसार भइरहेको छ जसमा अहिलेसम्ममा एक कड़ोर 55 लाख मानिसहरूले उपचार गराइसकेका छन्।

वित्तमन्त्रीले भने, प्रदेशमा 100 वटा नयाँ आम आदमी क्लीनिकलाई संचालनमा ल्याइएको छ भने आगामी वित्त वर्षमा 143 वटा नयाँ क्लीनिकहरू खोलिनेछ। यस अतिरिक्त

308 वटा उप-स्वास्थ्य केन्द्रहरूलाई अपग्रेड गरिनेछ। चालू वित्त वर्षमा अस्पतालहरूको लागि

300 कड़ोर रुपियाँको लागतमा उपकरणहरू खरिद गरिनेछ। वित्तमन्त्रीले भने, आनन्दपुर साहिबमा एक ट्रमा सेन्ट्रसँगसँगै मातृ एवं शिशु हेरचाह अस्पताल स्थापना गरिनेछ।

वित्त मन्त्रीले स्वास्थ्यको क्षेत्रमा कुल 6879 कड़ोर रुपियाँको बजट आवन्टन गर्ने घोषणा गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande