
खड़गपुर, 08 मार्च (हि.स.)। जमशेदपुरका सांसद विद्युत बरन महतोले गए शनिवार अबेर साँझ राखामाइन्स स्टेशनमा ट्रेन संख्या 18477/78 पुरी योगनगरी ऋषिकेश पुरी उत्कल एक्सप्रेसको नयाँ स्टोपेजको शुभारम्भ गरे। सांसदले स्टेशनमा हरियो झण्डा देखाएर ट्रेनलाई प्रस्थान गराए।
यस अवसरमा स्टेशन परिसरमा स्थानीय मानिसहरू तथा रेल यात्रीहरूको ठूलो भीड़ उपस्थित थियो। मानिसहरूले यस नयाँ सुविधालाई उत्साहको साथमा स्वागत गरे जसबाट क्षेत्रका यात्रीहरूले अब सोझै यस महत्वपूर्ण ट्रेनको सुविधा पाउनेछन्।
कार्यक्रममा खड़गपुर मण्डलकी एडीआरएम (अपरेशन) मनीषा गोयल, वरिष्ठ मण्डल वाणिज्य प्रबन्धक निशान्त कुमार, मण्डलका अन्य अधिकारीगण, डीआरयूसीसीका सदस्य तथा स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए।
यस अवसरमा सांसद विद्युत बरन महतोले भने, रेल यात्रीहरूको दीर्घकालीन मागलाई मध्यनजर गर्दै यस ट्रेनको स्टोपेज सुनिश्चित गरिएको हो। उनले भने, यसबाट वरपर क्षेत्रका मानिसहरूलाई लामो दूरत्वको यात्रा गर्न धेरै सहज हुनेछ साथै क्षेत्रको विकासले पनि गति पाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा