विद्या भारती सिक्किमको रजत जयन्ती समारोहलाई लिएर तयारी तीव्र, समीक्षा बैठक सम्पन्न
विद्या भारती सिक्किमको रजत जयन्ती समारोहलाई लिएर तयारी तीव्र, समीक्षा बैठक सम्पन्न


गान्तोक, 08 मार्च (हि.स.)। विद्या भारती सिक्किमले राज्यमा आफ्नो स्थापनाको 25 वर्ष पूरा गरेको छ। आफ्नो रजत जयन्ती भव्यरूपमा मनाउन विद्या भारती सिक्किमले व्यापक तयारी गरिरहेको छ। यस क्रममा शनिवार राजधानीको तादोङस्थित प्रदेश कार्यालयमा रजत जयन्ती समारोहको कोर कमिटीको एक समीक्षा बैठक सम्पन्न भयो।

बैठकमा उपस्थित सबै सदस्यहरू भव्य रजत जयन्ती कार्यक्रम आयोजनका लागि गहन एवं रचनात्मक छलफलमा संलग्न बने। सदस्यहरूले कार्यक्रमको तयारी सम्बन्धि अहिलेसम्म भएका प्रगतिको समीक्षा गरे।

यस बैठकले रजत जयन्तीलाई उपलब्धि, कृतज्ञता र भविष्यको लागि नयॉं दृष्टिकोणको अविस्मरणीय उत्सव बनाउन सम्पूर्ण टोलीको सामूहिक प्रतिबद्धता, उत्साह र ध्यानपूर्वक गरिएको योजनालाई प्रतिबिम्बित गरेको बताइएको छ। यस कार्यक्रमले विगतका योगदानहरूलाई सम्मान गर्न, पूर्व विद्यार्थीहरू, शिक्षकहरू, अभिभावकहरू, शुभचिन्तकहरू र समुदायसँग पुन: जोडिन एउटा प्रेरणादायी मञ्चका रूपमा काम गर्ने विश्वास गरिएको छ।

विद्या भारती सिक्किमले समितिका सबै सदस्यहरू, पदाधिकारीहरू र समर्थकहरूलाई उनीहरूको सक्रिय सहभागिता र अटल समर्पणको लागि हार्दिक आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande