असम भाजपाको जन आशीर्वाद यात्राको आठौं दिन, मुख्यमन्त्री बजाली, टिहु र नलबाड़ीको दौड़ाहमा
असम भाजपाको जन आशीर्वाद यात्राको आठौं दिन, मुख्यमन्त्री बजाली, टिहु र नलबाड़ीको दौड़ाहमा


गुवाहाटी, 09 मार्च (हि.स.)। असममा आगामी विधानसभा चुनाउका तयारीहरूबीच भारतीय जनता पार्टी (भाजपा)- को जन आशीर्वाद यात्रा निन्तर जारी छ। यात्राको पहिलो चरणको आज आठौं दिन हो। यात्राले राज्यभरि नै व्यापक जन समर्थन हासिल गरिरहेको छ। यात्राको आठौं दिन सोमवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तस्लो असमका बजाली, टिहू र नलबाड़ी क्षेत्रको दौड़ाहमा प्रस्थान भएका छन्। यस यात्राको माध्यमबाट भाजपाले फेरि एकपटक राज्यका जनतासित आफ्नो सरकारको लागि समर्थन तथा आशीर्वाद मागिरहेको छ।

निर्धारित कार्यक्रम अनुसार, मुख्यमंत्रीले साेमवार बजालीबाट जन आशीर्वाद यात्रा शुरु गरे। त्यसपछि यात्रा टिहुँ हुँदै नलबाड़ी पुग्नेछ जहाँ यात्रा अन्तर्गत आयोजित कार्यक्रमहरूको समापन हुनेछ। यी तीनै क्षेत्रमा आयोजित जनसभा तथा कार्यक्रमहरूमा मुख्यमन्त्रीले जनतालाई समर्थन गर्नेछन् अनि सरकारका उपलब्धि र विकास कार्यहरूको बारेमा जानकारी दिनेछन्।

मुख्यमन्त्रीले सोशल मीडिया फेसबुकको माध्यमबाट एउटा पोस्ट साझा गर्दै भनेका छन्, “सबै स्तरका जनताको असीम प्यार, सहयोग औ आशीर्वादले जन आशीर्वाद यात्रालाई एउटा चाड़ नै बनाइदिएको छ। यात्राको आठौं दिन बजाली, टिहु तथा नलबाड़ीको आशीर्वादको प्रतीक्षा छ। आशा छ, तपाीहरू सबै यस यात्रामा सामेल भेर आफ्नो माया र आशीर्वाद दिएर हाम्रो मनोबल बढ़ाउनु हुनेछ।”

यस अवसरमा मुख्यमन्त्रीसित असम भाजपाका प्रदेश अध्यक्ष एवं सांसद दिलीप सैकिया पनि उपस्थित छन्। दुवै नेताले विभिन्न सभाहरूमा पार्टी कार्यकर्ता अनि समर्थकहरूसित भेट गरेर आगामी चुनाउको रणनीतिमाथि चर्चा गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande