
कोलकाता/आद्रा, 09 मार्च (हि.स.)। दक्षिण-पूर्व रेलवेको आद्रा रेलवे डिभीजनमा मरम्मत तथा रखरखाउ कार्यको कारणले 9-देखि आगामी 15 मार्चसम्म केही ट्रेनहरूलाई रद्द गर्ने निर्णय लिइएको छ। यस सम्बन्धमा रेलवेद्वारा एक अधिसूचना जारी गरिएको छ।
रेलवे अनुसार यात्रीहरूलाई उत्कृष्ट तथा सुरक्षित सेवा उपलब्ध गराउनको लागि ट्र्याक तथा अन्य संरचनाहरूको आवश्यक रखरखाउ गरिँदैछ। त्यसैले केही मेमु र प्यासेन्जर ट्रेनहरूलाई अस्थायी रूपमा रद्द गरिएको छ भने केही ट्रेनहरूको मार्ग र समयलाई परिवर्तन गरिएको छ।
रेलवेद्वारा जारी जानकारी अनुसार (68077/68078) आद्रा–भगा–आद्रा मेमु प्यासेन्जर 9, 10, 11 र 15 मार्चमा रद्द रहनेछ भने (68089/68090) मिदनापुर–आद्रा–मिदनापुर मेमु 10, 13 र 15 मार्चमा रद्द रहनेछ। (68079/68080) भोजुडी–चन्द्रपुरा–भोजुडी मेमु 10, 13 र 15 मार्चमा रद्द रहनेछ भने (18019/18020) झाड़ग्राम–धनबाद–झाड़ग्राम मेमु 10 मार्चमा रद्द रहनेछ।
रेलवेले यो पनि बताएको छ, यस अवधिमा आद्रा डिभीजनका केही अन्य मेमु प्यासेन्जर तथा एक्सप्रेस ट्रेनहरूक मार्गलाई आंशिक रूपमा छोट्याइनेछ। यसरी नै कतिपय ट्रेनहरूको संचालनको समय परिवर्तन गरिनेछ। रेलवेको यस फसेलाको कारणले हजारौं यात्रीहरूलाई असुविधाको सामना गर्नु पर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा