वरिष्ठ पत्रकार आशुतोष मिश्राको निधन, ओडिशाका मुख्यमन्त्री समेत गण्यमान्य मानिसहरूद्वारा शोक व्यक्त
वरिष्ठ पत्रकार आशुतोष मिश्राको निधन, ओडिशाका मुख्यमन्त्री समेत गण्यमान्य मानिसहरूद्वारा शोक व्यक्त


भुवनेश्वर, 09 मार्च (हि.स.)। वरिष्ठ पत्रकार आशुतोष मिश्राको सोमवार हार्ट अट्याकको कारणले निधन भयो। उनको असामयिक निधनबाट ओडिशाको पत्रकारिता जगत शोकमा डुबेको छ।

ओडिशाका मुख्यमन्त्री मोहन माझीले मिश्राको निधनप्रति गहिरा दुःख व्यक्त गर्दै भने, उनी जानु भनेको पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति हो। मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्समा सन्देश जारी गरी मृतात्माको शान्तिको लागि प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरे।

मुख्यमन्त्रीले लेखे, “वरिष्ठ पत्रकार आशुतोष मिश्राको निधनको खबर सुनेर मलाई गहिरो दुःख लाग्यो। उनी जानु ओडिशाको पत्रकारिताको दुनियाँको लागि अपूरणीय क्षति हो। शोक सन्तप्त परिवारलाई संवेदना व्यक्त गर्दै म भगवान श्री जगन्नानथसित उनको आत्माको शान्तिको प्रार्थना गर्दछु।”

केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पनि आशुतोष मिश्राको निधनमा शोक व्यक्त गरे। उनले भने, निश्राले पत्रकारिता तथा राजनीतिक विश्लेषणको क्षेत्रमा एक स्वतन्त्र पहिचान स्थापित गरेका थिए। उनी जानु भनेको ओडिशाको मीडिया जगतलाई अपूरणीय क्षति हो।

नेता प्रतिपक्ष नवीन पटनायकले पनि वरिष्ठ पत्रकारको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गरे। उनले लेख, “ओडिशाका वरिष्ठ पत्रकार आशुतोष मिश्राको निधनको खबर सुनेर मलाई ठूलो दुःख लाग्यो। लामो पत्रकारिता करियरमा उनको योगदानलाई सदैव स्मरणीय रहनेछ। उनको आत्मशान्तिको लागि प्रार्थना गर्दछु र शोक सन्तप्त परिवारप्रति पनि म संवेदना व्यक्त गर्दछु।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande